११ बैशाख २०८१, मंगलबार

संस्कार समाजको अध्यक्षमा गुरुङ


पशुपति गुरुङ

काठमाडौँ, ३ चैत । संस्कार समाज नेपालको अध्यक्षमा पुनः पशुपति गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । सो समाजको आइतबार सम्पन्न दोस्रो साधारण सभामा उहाँको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित समेत गरेको छ ।

समाजको उपाध्यक्षमा रुपा नेपाली, सचिव प्रकाश समीर, सहसचिव मायादेवी तिवारी, कोषाध्यक्ष लीलामाया गुरुङ तथा सदस्यमा देवी कमार र मिथिला कर्माचार्य निर्विरोध चयन हुनुभएको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले असल संस्कारको विकास गर्नसके देशको विकास हुने बताउनुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न असल संस्कार आवश्यक रहेको र असल संस्कारको विकासका लागि संस्कार समाजले काम गर्ने बताउनुभयो ।

विसं २०७४ मा स्थापना भएको समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, ५०० थान डस्विन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !