, नेपालमा मातृभाषाको संरक्षण र बृहतर विकासको आवश्यकता

नेपालमा मातृभाषाको संरक्षण र बृहतर विकासको आवश्यकता

नेपालमा बोलिने सबै मातृभाषा नेपालका राष्ट्रभाषा हुन्

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

नेपालमा मातृभाषाको संरक्षण र बृहतर विकासको आवश्यकता । आफ्नो मातृभाषाको विकास कमजोर हुनाले देशको विकास पनि कमजोर हुदैछ । नेपालको संविधानको धारा ६ मा भनिएको छ – ‘नेपालमा बोलिने सबै मातृभाषा नेपालका राष्ट्रभाषा हुन् ।‘ यो प्रावधानले नेपालभित्र बोलिने सबै भाषा-भाषीलाई पहिलोपटक समान हैसियत दिएको छ, सबैलाई बराबर सम्मान गरेको छ ।

भाषा बोलेर मात्र होइन व्यवहारमा समेत उतार्न सकेमा राम्रो हुनेछ । यसअघिको संविधानमा नेपाली भाषालाई राष्ट्रभाषा र नेपालभित्र बोलिने सबै भाषालाई राष्ट्रिय भाषा भनिएको थियो । नेपाली जनता आफैले बनाएको नयाँ संविधानमा गरिएको यो व्यवस्था एउटा नयाँ प्रयोग पनि हो ।

तर नेपालको शिक्षामा भने अंग्रेजी भाषालाई बढी महत्व दिएको देखिन्छ । स्कुल होस् या कलेज होस् या बैङ्क होस् या सरकारी कार्यालय सबैमा अंग्रेजी भाषालाई बढी महत्व दिएको पाइन्छ । भाषाको कारणले कम पढेलेखेकाले पनि केही जान्न र बुझ्न सक्नेछन् । नेपालको शहरी क्षेत्रमा अंग्रेजी बोल्दा कत्तिनै खान्दान, आधुनिक र शिक्षित हुइन्छ भने जस्तो गलत धारणा व्याप्त छ यो एकदम बेठिक हो । तर अंगेजी अन्तर्राष्ट्रिय भाषा भएकोले जान्नु र सिक्नु त पर्छ नै ।

हामी टाढा नजाउ भारतकै कुरा गरौं । बाहिर जे जस्तो भाषा बोलेपनि सरकारी कार्यालयमा हिन्दी भाषा नै प्रयोग हुने गरेको पाइन्छ । जसरी अन्तर्राष्ट्रिय भाषाको विकास नेपालमा भएको छ त्यसरी नै देशको विकास हुन सकेको भए भाषाको महत्व ठुलो हुने थियो ।

नेपाली भाषा कमजोर हुनाले नै नेपाली पलायन भएका छन् । आज हरेक राम्रा पुस्तक नै अंग्रेजीमा छापिएका छन् । स्वास्थ्यकै कुरा गर्नुपर्दा औषधि कंम्पनीले अंग्रेजीमा नै सवै लेखेको हुन्छ । यो सर्बसाधारणले बुझ्न नसक्दा धेरै कठिनाई भएको देखिन्छ । अहिले केही कम्पनिले नेपाली भाषामा लेख्ने गरेको हुनाले पब्लिक पनि सचेत भएको अनुभव गर्न सकिन्छ ।

हामीले देशको विकास होस् भन्ने सोच भएमा अन्तर्राष्ट्रिय भाषालाई हटाउनुपर्छ । नेपाली भाषामा सवै कामकाज हुनुपर्छ । एउटा नेपाली जब कोरिया होस् या जापान होस् जान चाहन्छ भने किन कोरिया भाषा सिक्नुपर्ने किन जापानी भाषा सिक्नुपर्ने थियो जबकी इन्टरनेशनल भाषा अंग्रेजी हुदाहुदै तर पनि हामी बुझ्न सकिरहेका छैनौं बास्तबिक अर्थ ।

नेपाल पछि पर्नुमा सवैभन्दा कमजोर पक्ष भनेकै भाषा हो । हाम्रो उत्पादन अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकेको छैन । हाम्रा देशका नेताहरू विदेशमा गएर जानी नजानी भएपनि अंग्रेजी भाषण गरेर आउछन् तर पनि नेपाल किन पछि परेको छ यसको ठोस् कारण हो भाषा ।

हरेक देशमा नेपाली भाषा होस् या जुनसुकै भाषा किन नहोस् Translate गर्ने व्यक्ति हुन्छन् । आफ्नो देशको भाषामा भाषण गर्दा त्यहाँका जनताले यो भाषालाई बढी महत्व दिएका हुन्छन् तर नेपाली हामी विकसित देशको शैलीमा उपस्थित हुँदा त्यहाँ जे ईज्जत हामीले पाउने आशा गरेका हुन्छौं त्यो पाएका हुदैनौं । सबैले अंग्रेजी भाषा नै बुझेका हुन्छन् भन्ने होइन ।

नेपालमा आउने विदेशी पाहुना भाषण गर्दा प्राय: आफ्नो मातृभाषामा भाषण गर्छन् र एउटा छाप छोडेर जान्छन् तर नेपालीले छाप छोड्न जान्दैनन् तर लिएर भने आएका हुन्छन् । हामीले अरूको लागि होइन आफ्नो देशको लागि, आफ्नो देशको मातृभाषाको संरक्षण, बृहत विकास र स्वदेशी उत्पादनको लागि बोल्ने भाषा नेपाली हुनुपर्छ र बल्ल अन्तर्राष्ट्रिय स्तरमा समेत छाप दिन सकिनेछ ।

यो पनि पढनुहोस्

नेपाल अब कृषिप्रधान देश रहेन

नेपालमा लोकतन्त्र परिवर्तन हुदैछ लुटतन्त्रमा

सच्चा देशभक्त राजनेताको पर्खाइमा नेपाल आमा

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय