७ बैशाख २०८१, शुक्रबार

लामखुट्टेबाट जोगिन झूल वितरण


तुलसीपुर, ९ जेठ । तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो ।

परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिनुभयो । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण गरिएको उहाँले बताउनुभयो ।

झूल वितरण गर्दै उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले जनताको सुख–दुःखमा स्थानीय सरकार सदैव साथमा रहेको बताउनुभयो । उहाँले गरीब र विपन्नका लागि उपमहानगरपालिकाले विभिन्न योजना अगाडि सारेको जानकारी पनि दिनुभयो । वडा नं ६ का वडाध्यक्ष नवराज लामिछानेले जनताका स–साना आवश्यकतालाई ख्याल गरेर आफूले योजना बनाएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !