६ बैशाख २०८१, बिहिबार

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट बसाइँ सर्ने बढे


सिरिजङ्गा गाउँपालिका

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाबाट एकै वर्षमा ५०० जना बढी बसाइँ सरेका छन् । चालू आर्थिक वर्ष २०७७/७८ को यो अवधि सम्ममा कूल पाँच सय ३० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।

गाउँपालिका पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार ५३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन् । तथ्याङ्क अनुसार वडा नं. ७ खेबाङबाट सबैभन्दा बढी १४९ जना बसाइँ सरी अन्यत्र गएका छन् । खेबाङमा ४ जना भित्रिएका छन् ।

यस्तै गाउँपालिका–८ याम्फुदिनबाट सबैभन्दा थोरै १३ जना बसाइँ सर्दा १ जना भित्रिएका छन् । यसैगरी वडा नं. १ सिनामबाट ५३, २ आम्बेगुदिनबाट १२०, ३ सिकैँचाबाट ७३ र ४ तेल्लोकबाट ६४, ५ पेदाङबाट ४० र ६ मामाङ्खेबाट १८ जना बसाइँ गएका छन् ।

 सिरिजङ्गा गाउँपालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !