७ बैशाख २०८१, शुक्रबार

नेपालमा खस-आर्यलाई फुटाउन क्रिश्चियनहरुको यत्तिसम्म ठूलो षडयन्त्रको प्रदाफास


नेपालमा खस-आर्यलाई फुटाउन क्रिश्चियनहरुको यत्तिसम्म ठूलो षडयन्त्रको प्रदाफास

काठमाडौँ । नेपालमा खस-आर्यलाई फुटाउन क्रिश्चियनहरुको ठूलो षडयन्त्र गरिरहेको प्रदाफास भएको छ । नेपाली समुदायमा विभाजन र जातीय भड्काउ सिर्जना गर्नका लागि इसाई धर्मका नामबाट खुलेका संस्थाहरू खुलेआम लागेको रहस्य पर्दाफास भएको हो ।

नेपालका खस (क्षेत्री) र आर्य (ब्राम्हण) समुदायलाई विभाजनतर्फ धकेल्ने गरी योजनाबद्ध रुपमा ती समूहले काम गरिरहेको पाइएको हो । नेपाल राष्ट्र मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजका नामबाट जारी भएको विज्ञप्तिमा नेपाली सनातन धर्म मास्नका लागि गरिएको षडयन्त्रको प्रष्ट व्याख्या गरिएको छ ।

नेपाल राष्ट्रिय मण्डली सङ्गतिका महासचिव शेरबहादुर एसी र नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय स्तरका ख्रीष्टियन संस्थाको विशेष बैठकले ब्राह्मण समुदायलाई आर्य-हिन्दू र क्षेत्री समुदायलाई खस-मष्टो बनाएर विभाजन गर्ने रणनीति अनुसार मिसन अगाडि बढेको सहर्ष जानकारी गरिन्छ ।’

बाह्मण तथा क्षेत्री समुदायलाई नटुक्र्याएसम्म धर्मान्तर गर्न कठिन हुने हुँदा यस पटकको जनगणनामा सम्पूर्ण ब्राम्हण तथा क्षेत्री समुदायका ख्रीष्टियनहरूले आफ्नो घरमा आउने गणकहरूलाई जातिमा खस र धर्ममा मष्ट लेख्न लेखाउन आफ्नो चर्चभित्रका विश्वासीलाई जानकारी गर्न अपिल पनि विज्ञप्ति मार्फत् गरिएको छ । ‘यस कार्यमा अझ होसियारीपूर्वक निरन्तर लागिरहन समेत हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजको संयुक्त मिसनले नेपालमा आफ्नो अभियान तीव्र पारेको पनि उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय ख्रीष्टियन संस्था युनाइटेड मिसनको सक्रिय भूमिका र सहयोग रहेको उल्लेख गरिएको छ ।

‘युनाइटेड मिसनको कूटनीतिक पहलबाट विश्व मष्ट महासंघ गठन भएको छ, नेपालको संविधानमा खसआर्य एकै हुन् भनी कानूनमा समेट्नु ख्रीष्टियन जगतका लागि दुःखद् कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम् परिस्थितिमा धर्मान्तर गर्न कठिन हुने देखिन्छ ।’
राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजको संयुक्त मिसन

यस्तै विश्व मष्टधर्म महासंघको काठमाडौंमा बसेको कन्द्रीय समितको बैठकले छिटै हुन गइरहेको जनगणनामा खस समुदायलाई सुनौलो अक्षरमा अंकित आफ्नो गौरवपूर्ण इतिहास र पहिचानलाई र आफ्ना सन्ततिहरुले सम्मानपूर्ण स्वतन्त्र पहिचान, समान अधिकार र आत्म गौरवपूर्ण जीवन व्यतित गर्न घरघरमा आउने गणकहरुलाई जातिमा ‘खस’ र धर्ममा ‘मष्ट’ लेख्न र लेखाउन अपील गरेको छ ।

सो संगठनका अध्यक्ष युवराज कार्कीद्धारा जारी विज्ञप्तिमा यस्तो अपील गरिएको हो । कार्कीद्धारा जारी विज्ञप्तिमा ‘खस जातिको आफ्नो स्वतन्त्र पहिचानको जोडदार माग गरिरहेको अवस्थामा एउटा कुटिल चाल अन्तरगत संविधानमा खस जातिलाई आर्यसँग जोड्दै ‘खसआर्य’को संवैधानिक पहिचान कायम गरियो । अरु कुनै जातिको पहिचान संविधानमा उल्लेख नहुनु र ‘खसआर्य’को पहिचानको उल्लेख गर्नुको ध्यय आर्यबाट खसलाई अलग गर्न कठिन बनाउने षडयन्त्र बुझ्न गाह्रो छैन । हाम्रो देशको प्रचलित कानुनी व्यवस्था अनुसार एउटा जातिलाई अर्कोमा मिसाएर स्वतन्त्र पहिचान समाप्त गर्नु भनेको त्यस जातिको उन्मूलन गर्ने आपराधिक र दण्डनीय कार्य हो भन्ने व्याख्या छ ।’ भनिएको छ ।
विश्व मष्टधर्म महासंघ

नेपालको संविधान, २०७२ को धारा ८४ (प्रतिनिधि सभाको गठन) को उपधारा (२) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानून बमोजिम हुनेछ । त्यसरी उम्मेदवारी दिंदा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनु पर्नेछ ।

स्पष्टीकरण : यस उपधाराको प्रयोजनका लागि “खस आर्य” भन्नाले क्षेत्री, ब्राम्हण, ठकुरी, संन्यासी (दशनामी) समुदाय सम्झनुपर्छ भनेर लेखिएको छ ।
नेपालको संविधान, २०७२ को धारा ८४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्वीटरमा लेखेका छन्, ‘केही बर्षदेखि संगठित/योजनावद्धरूपमा भैरहेको धर्मपरिवर्तनको यो ज्वलन्त उदाहरण हो।संविधानले संगठित धर्मपरिवर्तन दण्डनीय घोषित गरेको छ । राष्ट्रिय पहिचान समाप्तपार्ने र सांस्कृतिक सदभाव विथोल्ने यस्ता कार्यलाई कानुन बमोजिम तत्काल कारबाही गरियोस् । प्रम @kpsharmaoli को ध्यानाकर्षण गर्दछु ।’

लेखक तथा राजनीतिक विश्लेषक केशव प्रसाद भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘यो देशलाई जसरी पनि विभाजित नै गराई राख्ने, षड्यन्त्रकारीहरूले मधेशी-पहाडी, खस-आर्य, जनजाती, कथित उच्च जाती र दलित भनेर विभाजनको खाडल त खनेकै थिए । तर अव ब्राह्मण र क्षत्रीयलाई फुटाउने र उनीहरूलाई अलग-अलग समूहमा विभाजित गराउन नसकुञ्जेल नेपाल विरूद्धको षड्यन्त्र सफल नहुने देखेर यस्तो निर्लज्ज र कुत्सित षड्यन्त्र गर्न थालेछन् ।’

पत्रकार पर्शुराम काफ्लेले ट्वीटरमा लेखेका छन्, ‘यो दण्डनीय अपराध हो । नेपालको संविधानले परम्परागत धर्म, संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यलाई सुम्पेको छ र धर्मान्तरणलाई अपराध मानेको छ । युनाइटेड मिसन टु नेपाल नामको संस्था बन्द गर्न राज्यको ध्यानाकर्षण हुनुपर्छ ।’

ब्राह्मण समुदायलाई आर्य-हिन्दू र क्षेत्री समुदायलाई खस-मष्टो बनाएर विभाजन गर्ने क्रिश्चियनहरुको रणनीति रहेको देखिन्छ । नेपालको संविधानमा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली नै खस-आर्यलाई एउटै समूहगत आधारमा राखेको छ । यस्तो क्रिश्चियनहरुको ग्राण्ड डिजाइन अन्तर्गत हुदै गरेको सुनियोजित षड्यन्त्रलाई रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराउछौ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !