महिला हिंसा अन्त्य हुनुपर्छ : नेता डा. सङ्ग्रौला Nepalpatra महिला हिंसा अन्त्य हुनुपर्छ : नेता डा. सङ्ग्रौला
१२ फाल्गुन २०७७, बुधबार

महिला हिंसा अन्त्य हुनुपर्छ : नेता डा. सङ्ग्रौला


डा. डिला सङ्ग्रौला

मार्तडी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापी अभियान सञ्चालन गरेको बताए ।

उनले सुदूरपश्चिमका नौ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !