८ बैशाख २०८१, शनिबार

साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय नाकाबाट नेपाल प्रवेश रोक


भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी

काठमाडौँ, साउन ६ । नेपाल सरकारले छिमेकी लगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

नेपाल सरकारका प्रवक्ता डा. खतिवडाले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्य रातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो । छिमेको राष्ट्र लगायतका अरु राष्ट्रले चालेका सो रोगको संक्रमणबाट जोगाउन अपनाइएको नीति अनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेश लगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।तर, जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको असहज परिस्थितिमा स्वदेश आउनै पर्ने नागरिकहरूलाई भने तोकिए बमोजिम स्थलमार्गबाट प्रवेश दिइने प्रवक्ता खतिवडाले बताए ।

उनले जबर्जस्ती प्रवेश गरेमा वा प्रवेश गराएर लुकाउने काम गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिए । उनका अनुसार मालसामान ढुवानीको व्यवस्थालाई भने यथावत राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !