१२ बैशाख २०८१, बुधबार

यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा सार्वजनिक सवारी नचलाउने निर्णय


काठमाडौँ, २६ असार । सरकारले पूर्व तयारीबिना सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको भन्दै यातायात व्यवसायीले यातायात नचलाउने बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ ।

सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले बताउनुभयो । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै उहाँले भन्नुभयो, “हामी गाडी चलाउँदैनौं, बरु सरकारलाई चाबी बुझाउँछौं ।”

यातायात व्यवसायीले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्णतालिकीकरण हुनुपर्ने, कागजपत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने र बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजनलगायत विभिन्न माग गरेका छन् ।

महासङ्घका महासचिव भरत नेपालले यातायात व्यवसायीसँग कुनै छलफल नै नगरी सरकारले एकपक्षीय रुपमा गरेको निर्णय मान्य नहुने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !