८ बैशाख २०८१, शनिबार

दिल्लीमा अलपत्र ६ जना नेपालीहरुको उद्वार


भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी

चन्द्रौटा, १९ असार । भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पु¥याइएको थियो ।

शान्ति पुनःस्थापनागृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।

महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उहाँको भनाइ थियो ।

ती महिलालाई प्रलोभनमा पार्नेमा एकएक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो । उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौँ पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !