८ बैशाख २०८१, शनिबार

नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउनु निन्दनीय र लज्जास्पद : पत्रकार महासंघ


काठमाडौँ, असार १२ । नुवाकोटस्थित विदुर नगरपालिकाको निमन्त्रणामा सातौं नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई सभा अध्यक्ष तथा नगरपालिकाका प्रमुखले नगरसभाको समाचार संकलन गर्न नमिल्ने भन्दै समाचार संकलनमा रोक लगाउँदै पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले आज एक प्रेअस बिज्ञप्ति जारी गर्दै नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाउनु निन्दनीय र लज्जास्पद भाको बताएका छन् ।

असार १० गते नुवाकोटको बट्टारस्थित होटल सताञ्चुलीको सभाहलमा आयोजित विदुर नगरपालिकाको सातौं नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलनका लागि सभास्थल पुगेका सञ्चारकर्मीहरुलाई सभामा केही जनप्रतिनिधिहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि सभा अध्यक्ष एवं नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुनसक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै नगरसभाको समाचार संकलनमा रोक लगाएका थिए ।

स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको यो घटना आफैंमा निन्दनीय र लज्जास्पद भाको उक्त बिज्ञप्ति उल्लेख छ । यो घटनाले संविधानले सुनिश्चत गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादमा समेत ठेस पुगेको महासंघको ठहर छ । महासघं प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघले माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !