७ बैशाख २०८१, शुक्रबार

सुकुम्बासी बस्तीमा दोस्रो पल्ट राहत दिन पुगे अभियान्ता जोडी


महेश सिंह
महेश सिंह

सिरहा, असार १ । सिरहाको लहान नगरपालिका वडा नम्बर १३,२४ पकिटोल सुकुम्बासी बस्तीमा राहत दिन महेश र संगीताकी जोडीले दोस्रो पल्ट पुगेका छन् । जेठ ११ गते देखी नेपालमा देशब्यापी रूपमा सरकारले लकडाउन गरेका हुन् । बिश्व माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको जोखिमबाट सुर्छित रहन नेपालमा लकडाउन गरेको हो ।

पकिटोलमा करिब एक सय घरधुरीको सुकुम्बासी सदा मुसहर, बिश्वक्रमा, परियार, पासमानहरुको बस्ती रहेका छ्न । उक्त दलित बस्ती लहान नगरपालिकाको ऐलानी जग्गामा पुस्तै, पुस्तादेखि दलितहरुले बसोबास गर्दै आएका हुन । उक्त बस्तीमा सबै ज्याला मजदुरी गर्ने मजदुरहरुको बस्ती रहेको नमुना बस्ती भनिने छिनिन्छ । नेपालमा बन्दाबन्दी भएको तिन महिना बितिसक्यो ।

स्थानीय सरकारले ३ महिनाको अवधिमा एकपल्ट मात्र राहत दिएका थिए । बिपन्न बस्तीमा मजदुरको बिच्ली भएका हुन् । ज्याला मजदुरी गर्ने मजदुरहरु गाउँका जमिन्दारकोमा गएर ऋणकर्जा गरेर आफनो दैनिक छाक टार्छ्न । नेपाल सरकार नीति नियम र कानुन मात्र बनाउन छन् तर त्यो कानुन पालना हुँदै एक पीडितले बताएका छन् ।

लहान नगरपालिका वडा नम्बर १३ र २४ का सुकुम्बासी बस्तीमा दोस्रो पल्ट ४२ घरधुरीलाई प्रति घरधुरी १० किलो चमाल, १ पोका खाने तेल, १ प्याकेट नून वितरण गरेका हुन् । नेपाली काग्रेसका युवा नेता तथा महासमिति सदस्य महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्माचार्य निरन्तर तिन महिनादेखि राहत वितरण गर्दै आएका हुन् । राहत दिन पुगेका अभियान्ता जोड़ीलाई सम्मान स्वरुप मजदुरहरुले फूलका माला लगाई स्वागत गरेका थिए । अभियान्ता चौधरीलाई यस्तो समाजिक काम गरेको हेरिरहदा बिभिन्न संघ संस्था र मनकारी युवाहरुले खाध्यान सामग्री उपलब्ध गराउदै आएका हुन् ।

सहयोगका लागि चौधरी ईन्टर प्राईजेका संचालक अनिल चौधरी, पशुपति सिंह र एपोलो ॐ बोर्डिङ स्कुल लहानले राहतका लागि निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् । उक्त बस्तीमा खाने पानीका समेत समस्या रहेका छन् । खानेपानीका लागी चौधरी र कर्माचार्यले ईनारका लागि समेत पहल गरिसकेको छ । पत्रकार धर्मेन्द्र पासमानका विशेष आग्रहमा राहत लिएर दोस्रोपल्ट पकिटोल पुगेका थिए । समाजिक दुरी कायम गरी राहत वितरण गरेका सहयोगी तथा समाजसेवी महेश्वरी चौधरीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !