८ बैशाख २०८१, शनिबार

दुई पाङ्ग्रे सवारीमा पनि जोरबिजोर प्रणाली लागू हुने, २ जना बस्न नपाइने


दुई पाङ्ग्रे सवारी साधन

काठमाडौँ, असार १ । देशभर आजदेखि दुई पाङ्ग्रे सवारीहरु जस्तै मोटरसाइकल वा स्कुटरमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको छ र साथै २ पाङ्ग्रे सवारी साधनमा पनि २ जना बस्न नपाइने भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यका लगायत देशभर आज बिजोर नम्बरका निजी सवारी साधनहरु सञ्चालन भएका छन् । आज बिहान कुनै संचार माध्यममा काठमाडौँ उपत्यकामा मोटरसाइकलमा जोरबिजोर लागू नहुने भनेर समाचार आएपछी नागरिकहरुमा अन्योल सिर्जना भएको थियो ।

दुई पाङ्ग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु हुनेछ र २ जना सवार गर्न नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने व्यवस्था भएकाले सोही अनुसार सवारी चलाउन अन्यथा कारवाही गरिने ब्यहोरा समेत महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकलाई अनुरोध गरेको छ ।

निजी ४ पाङ्ग्रे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन् । पास लिएका सवारी साधनको हकमा भने जोर बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !