७ बैशाख २०८१, शुक्रबार

यस्ता छन्, यौन सम्पर्कको समयमा पनि नहट्ने तनावहरु


यौन सम्पर्क

एजेन्सी, इंडिया टुडेले गरेको सर्भे अनुसार, भारतमा जीवनसाथीसँग भएको बेला पनि अधिकांश मानिस तनावमा रहने गरेका छन् । उनीहरुलाई कार्यालयको तनावले सताएको हुन्छ । सर्भेका अनुसार बैंगलोरमा ४२ दशमलव ९ प्रतिशत मानिस सेक्सको समयमा पनि तनावमा हुन्छन् ।

बैंगलोरमा ६० प्रतिशतभन्दा पनि कम मानिस जीवनसाथीसँग खुलेर कुरा गर्न सक्दछन् । राँची भारतको सानो शहर हो । त्यहाँका २७ प्रतिशत मानिसमा जीवनसंगीसँग सयलमा हुँदा पनि दिमागमा कामको चिन्ताले सताएको हुन्छ । सेक्सोलोजिस्टका अनुसार धेरै मानिसको मनमा अफिसको काम भन्दापनि अरु कुराले तनाव भइरहेको हुन्छ ।

धेरै मानिस आफ्नै लाइफ पार्टनर अगाडि निर्वस्त्र हुन लजाउछन् । कतिपय मानिस जीवनसाथीसँग आफ्नो मनको कुरा खोल्न सक्दैनन् । भारतीयमा गरिएको अनुसन्धानमा उनीहरु ३० मिनेट भन्दा बढी बेडरुममा बस्न सक्दैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !