१२ बैशाख २०८१, बुधबार

थाहा पाउनुहोस्, महिनावारीको समयमा शारीरिक सम्बन्ध राख्दा गर्भ रहन्छ की रहदैन ?


एजेन्सी । महिनावारी भएको बेला शारीरिक सम्बन्ध राख्दा गर्भ रहँदैन भन्नु भ्रम हो । किन की शुक्राणु सात दिनसम्म पनि सक्रिय हुन्छन् । जसका कारण न्यून भएपनि गर्भ रहने सम्भावना रहन्छ । प्रथम पटक शारीरिक सम्बन्ध राख्दा गर्भ रहँदैन भन्नु पनि भ्रम मात्र हो । महिनावारी नहुँदै शारीरिक सम्पर्क राख्दा गर्भ रहँदैन भन्नु पनि भ्रम हो, किन की महिनावारी हुनका लागि यदि पहिलो अण्ड सक्रिय भएको छ भने गर्भ रहन सक्छ । शारीरिक सम्बन्ध भएपछि तत्काल नुहाउँदा गर्भ रहँदैन भन्नु पनि भ्रम हो । नुहाउनु र गर्भको कुनै सम्बन्ध हुँदैन । शारीरिक सम्पर्क भए लगतै पिसाब फेर्दा गर्भ रहँदैन भन्नु पनि गलत हुन्छ । पिसाब आउने र शुक्राणु रहने भाग योनीमा अलग–अलग हुन्छ । शारीरिक सम्पर्क भएपछि केहीबेर उभिदा, हिँड्दा वा टुक्क्रुक्क बस्दा पनि गर्भ रहँदैन भन्नु भ्रम हो । यस्तो अवस्थामा शुक्राणु योनी बाहिर आएपनि सबै शुक्राणु निस्कने सम्भावना अति नै न्यून हुन्छ । पानीमा शारीरिक सम्पर्क गर्दा वा शारीरिक सम्पर्कपछि पानीमा बस्दा पनि गर्भ रहँदैन भन्नु भ्रम हो । अण्ड र शुक्राणुको सम्पर्क भएपछि गर्भ रहन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !