१२ बैशाख २०८१, बुधबार

झरीको मौसममा यौन जिवनलाई आर्कषक बनाउने तरिकाहरु


एजेन्सी, झरीको मौसम यौन जिवनका लागी शानदार बनाउनको लागि तपाईंले आफ्नो भान्सा कोठामै घरेलु आयुवेर्दिक औषधि बनाउन सक्नुहुन्छ । आफैले बनाएको घरेलु औषधिबाट झरीको मौसममा आफ्नो यौन जीवनलाई आर्कषक र सन्तुष्ट बनाउन सकिन्छ । २ देखि ४ वटा सुकेको खन्यूलाई किसमिससँग बिहान र बेलुका दूधमा पकाएर खाने र एक गिलास दूध दैनिक पिउने, ७ ग्राम अश्वगंधा चूर्ण, मिश्री र महमा १५ ग्राम गाईको घ्यूमा मिलाएर प्रत्येक दिन बिहान र बेलुका खाने, ५० ग्राम मासको दाललाई पानीमा भिजाएर बोक्रा निकाल्ने, र यसलाई घ्यूमा भुटेर दुध, सखर, बदाम, किसमिससंग मिसाएर खीर बनाएर खानाले तपाँईको यौन शक्ति बढाउँछ ।

१०/१० ग्राम मह, अदुवाको रस, प्याजको रसलाई ६ ग्राम घ्यू सबैलाई एकै ठाउँमा मिलाएर बिहान नियमित २१ दिन भरीभरी खाने, १५ ग्राम कालो तिल र १० ग्राम गोखरु चूर्ण दुधमा मिलाएर पिउने, यौनमा अन्य समयमा पनि कमजोर महशुस गरीरहनु भएको थियो भने कुविण्डोको बियाँको बिचको पिनेर पिठो बनाएर दुधमा मिलाएर बिहान पिउनुस वा कुपिण्डोबाट बनेको मिठाई बिहान बेलुका खानापछि मिठाईको रुपमा खानुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !