१२ बैशाख २०८१, बुधबार

यस्तो छ, कण्डम एक्सपायर भएको थाहा पाउन तरिकाहरु


एजेन्सी, कण्डम प्रयोग गर्नमा सजिलो हुन्छ भने बजारमा पनि सहजै उपलब्ध हुन्छ र यो यति सानो हुन्छ कि यसलाई तपाईंले चाहे अनुसार जहाँपनि पकेटमा राख्न सक्नुहुन्छ । होल्याण्डको क्ल्यारि गिलेस्पाई एण्ड किम्बर्लीका प्रा.डा.जेनेट ब्रिटोका अनुसार कण्डमले नचाहेको गर्भ मात्रै रोक्दैन तपाईंलाई विभिन्न यौन सँग सम्बन्धीत रोगहरु एचआईभी, एड्स र गनोरियाबाट पनि जोगाउने काम गर्छ । कण्डम कण्डमको सबैभन्दा राम्रो पक्ष यो हो की तपाईं बिना कुनै स्ट्रेस वा तनावले पार्टनरसँग सेक्सी र पेशिनेट क्षणको आनन्द लिन सक्नुहुन्छ । कण्डम हरेक किसिमले आकार र फ्लेवरमा पनि पाइन्छ जसले गर्दा मानिसले आफ्नो इच्छा अनुसार छनोट गर्न सक्छन् । तर, ध्यान दिनुपर्ने कुरा के हो भने अन्य सामान जस्तै कण्डमको पनि एक्सपायरी डेट हुन्छ र एक्सायपर भइसकेको कण्डमको प्रयोग गर्नबाट जोगिनु पर्छ । यदि कण्डमको प्याकेट खोलेर बाहिर निकाल्ने बित्तिकै कण्डम धेरै नै सुक्खा, चिपचिप वा निकै नै कडा अनुभव हुन्छ भने तपाईं त्यो कण्डमको प्रयोग नगर्नुस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !