१३ बैशाख २०८१, बिहिबार

महिलाहरु यौन सम्बन्धमा उदासिन हुनुका कारणहरु


एक अध्ययनमा भनिएको छ, पुरुषको तुलनामा महिलाहरु यौन सम्बन्ध बनाउने कुराले उदास रहन्छन् । यौनमा महिलाहरु उदासिन हुनुको बिभिन्न कारणहरु छन् । जब उनीहरुको सम्बन्धमा चिसोपन आउन थाल्छ । दम्पतीबीचको सम्बन्ध सुमधुर छैन । झैझगडा, मनमुटाव, भनाभन भइरहन्छ भने त्यसले महिलाको यौन जीवनमा सोझो प्रभाव पार्छ । आफ्ना पार्टनरसँग उनीहरु भावनात्मक रुपले जति टाढिदै जान्छन्, महिलाको यौन इच्छामा पनि ह्रास आउन थाल्छ । कामको चापले उनीहरुमा यौन चाहना घट्दै जान्छ । दिनभरको कामले थकित हुन्छन् । राती शरीरले विश्राम माग्छ । अन्य समय पार्टनरसँग अन्तरंग पल विताउने फुर्सद र अनुकुलता हुँदैन । यसले गर्दा पनि महिलामा यौन चाहना कम हुन्छ । घरमा सासु-ससुरा, देवर-देवरानी, छोराछोरी हुन्छन् । उनीहरुको आँखा छलेर अन्तरंग पल साट्ने अनुकुलता मिल्दैन । अझ बालबच्चा भइसकेको अवस्थामा त महिलाहरुको भूमिका थप बढ्न थाल्छ । यस्तो माहौलमा महिलाहरु उन्मुक्त ढंगले यौन क्रियामा सहभागी हुँदैनन् । पुरुषको तुलनामा उनीहरु बढी लजाउने स्वभावका हुन्छन् । उनीहरु स्वतन्त्र एवं एकान्तमा जति खुल्छन्, त्यती खुल्न सक्दैनन् । यसले पनि उनीहरुको यौन जीवनमा प्रभाव पार्छ ।

महिलाहरुको प्रजनन अंग निकै संवेदनशिल हुन्छ । मासिक श्राव, गर्भाधान, प्रसूती जस्ता अनेक चरणबाट उनीहरु गुजि्रनुपर्ने हुन्छ । यस क्रममा उनीहरुको प्रजनन अंगमा कतिपय संक्रमण हुनसक्छ । कतिपय समस्या आउन सक्छ । यसरी प्रजनन अंगमा देखापर्ने समस्याले पनि उनीहरुको यौन रुचीमा असर गर्छ । महिलामा टेस्टोरनको स्तर २० बर्षको अवस्थामा बढी हुन्छ र त्यसपछि क्रमस कम हुँदै जान्छ । यसले गर्दा पनि महिलामा यौन इच्छा कम हुन्छ । महिलाहरु यौनमा अनुदार एवं उदासिन हुँदै गएका छन् भने त्यसमा अरु पनि कारण हुनसक्छ । जस्तो कि, उनीहरु तनावग्रस्त हुनसक्छन् । उनीहरुमा थाइराइडको समस्या हुनसक्छ । एनिमिया व मधुमेहले पनि त्यस किसिमको समस्या आउन सक्छ । महिलाको यौन जीवनमा प्रभाव पार्ने अर्को तत्व हो, गर्भनिरोधक चक्की । अनिच्छित गर्भ रोक्नका लागि सेवन गरिने यस्ता चक्कीले उनीहरुमा यौनप्रतिको रुची कम गराउँछ । कतिपय महिलाले बाल्यकालमा यौन उत्पीडन झेलेका हुन्छन् । बाल्यकाल वा किशोरावस्थामा उनीहरुले झेल्ने यस्तै पीडाले पनि उनीहरुमा यौन रुची घट्न थाल्छ । उनीहरु जसै यौन सम्बन्धका लागि तयार हुन्छन्, विगतको पीडादायक क्षणको यादले उनीहरुलाई झस्काइदिन्छ ।महिलाहरुमा उमेर बढ्दै गएपछि एन्ड्रोजनको स्तर कम हुन्छ । यसले गर्दा पनि उनीहरुमा यौन रुची घट्न थाल्छ । यसका साथै हर्मोन्सको असन्तुलन वा शरीरमा ल्यूटिनिसिंग हर्मोन्सको कमीले महिलामा यौन इच्छा कम हुन्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !