१३ बैशाख २०८१, बिहिबार

यस कारणले गर्दा यौनेच्छामा कमी


एजेन्सी, भारतमा हालै एक हजार मानिसमाथि गरिएको एक सर्वेक्षणले मोटोपनका कारण मानिसहरूमा यौनेच्छाको कमी भएको खुलासा भएको छ । मोटोपनको सर्जरीका लागि आउने मानिसले आफूमा मधुमेह, हाइपरटेन्सन र मुटुरोगको गुनासो गर्ने गरेका छन् । अनि मोटाएपछि आफूहरूलाई कामेच्छा कम भएको पनि उनीहरूले बताए । सर्जरी गरेपछि चाहिँ उनीहरूमा सेक्स ड्राइभ बढेको पाइयो । १८ देखि ४५ वर्षसम्मका मानिसमाथि सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा ३२.८ प्रतिशत पुरुष र २३.४ प्रतिशत महिलाले मोटोपनका कारण यौनेच्छामा कमी आएको स्वीकार गरे । मोटोपनबाहेक सेक्सप्रति अनिच्छाका अन्य कारणमा पार्टनरमा समस्या, थकान, कामको दबाब, स्ट्रेस अनि बच्चा र परिवार पनि रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !