१३ बैशाख २०८१, बिहिबार

महिलाहरुमा देखा पर्ने यौन रोगहरु


एजेन्सी, महिलामा हुने केही यौन रोगहरु

महिलाहरुमा क्लमिडिया रोग क्लेमिडिया ट्रेकोमेटिस नामक जीवाणुबाट हुन्छ । यसका लक्षणहरु पिसाव फेर्दा पीडा हुनु,तल्लो पेट दुख्नु, भेजिना डिस्चार्ज, यौन सम्पर्कको बेला हुने पीडा, महिनावारीको समयमा धेरै रगत बग्नु,गोनोरिया (धातु रोग) आदि रहेका छन् । स्केबीज रोग यौन सम्बन्ध, एक-अर्काको सम्पर्कका कारण अथवा यो रोगको संक्रमित व्यक्तिको लुगा अथवा ओछ्यानको प्रयोगले पनि सर्न सक्छ । ट्रेपेनेमा पेलिडम सिफलिस भाइरस संक्रमणको मुख्य कारण हो । महिलाहरुमा यो संक्रमण महिलाको गोप्य अंगको बाहिरी भाग, सर्विक्स र गुद्वारमा हुन्छ । महिलामा देखिने जेनिटल वार्ट रोग एचपीवी अथवा हृयूमन पेपिलोमा भाइरस हो । यस रोगमा महिलाको गोप्य अंगमा मुसा (छालामा निस्कने एक प्रकारको फोका) निस्कन्छ । जुन छालाको रंगको नै हुन्छ । जेनिटल हर्पीज रोग संक्रमणले ग्रसित महिलालाई ज्वरो आउने, थकाइ लाग्ने र ढाडको तल्लो भागमा पीडा हुने र सुन्निने जस्ता समस्या हुन्छ ।

महिलाको योनी जीवाणु बढ्न थाल्छ, ब्याक्टेरियल भेजिनोसिसको समस्या बढ्न थाल्छ । यो रोगले ग्रसित महिलामा कुनै प्रकारको लक्षण देखिँदैन । यसका जीवाणुहरु बढ्दा कुनै किसिमको नोक्सान नहुने भएकोले यसका लक्षणहरु नदेखिएका हुन् । केन्डिडा एक किसिमको यिस्टको संक्रमण हो । यो संक्रमणमा पनि प्रारम्भमा कुनै लक्षण देखिंदैन । यसका केहि लक्ष्ँणहरु योनीको वरिपरी पोल्नु,योनी चिलाउनु,रातो हुनु र सुन्निनु,योनीबाट गाढा गन्हाउने तरल पदार्थ बग्नु, पीसाव फेर्दा र यौनसम्पर्क राख्दा पिडा हुनु आदि हुन् । एड्सको कारण उत्पन्न हुने भाइरसलाई एचआईभी भनिन्छ । यो रगत, योनी,स्तनको दुधको माध्यमबाट सर्न सक्छ । मन्द ज्वरो आउनु,थकाइ लाग्नु,मांसपेशी दुख्नु,वजन घट्नु आदि यसका लक्षण हुन् |


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !