, टाउको दुखिरहन्छ भने अपनाउनुहोस् यी उपायहरु

टाउको दुखिरहन्छ भने अपनाउनुहोस् यी उपायहरु

एजेन्सी, मानिसको जीबनमा हरेक खालका समस्याहरु आउछन् त्यो मध्ये एक टाउको दुखाइ हो । टाउको दुखाइ पनि विभिन्न कारणले दुख्ने हुन्छ कहिले कहिँ बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, आधा टाउको दुख्ने,वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

  • अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
  • दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
  • कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।
  • कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने
  • चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
  • गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
  • भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने र चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने

यो पनि पढ्नुहोस्

यदि तपाई टाउको दुखेरे हैरान हुनुहुन्छ भने यसो गर्नुहोस !

टाउको दुखाई कम गर्ने घरेलु उपायहरु