६ बैशाख २०८१, बिहिबार

यस्तो छ, उमेर अनुसार यौन व्यवहारहरु


एजेन्सी, हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । त्यतिमात्र नभई बैवाहिक जीवन सुखी बनाउन सेक्स जीवनको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो । यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ । यौन पार्टनरबीच परस्पर यौनक्रियामा सहयोग हुनु आवश्यक छ । हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन ।

किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तिब्र गतिमा बढ्छ, जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ । सेक्सका लागि सबैभन्दा बढी फेन्टासी, डि्रमिङ पनि यहि उमेरमा हुने गर्छ । किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनको भावनात्मक लगावमा निर्भर गर्छ । त्यस्तै किशोरहरु फिल्म, पुस्तक, कुराकानीको माध्यामबाट यौनको जानकारी प्राप्त गर्छन् । उनीहरुको जीवनमा सेक्स भावनात्मक भन्दा शारीरिक रुपमा प्रकट हुने गर्छ ।

२० देखि ३५ को उमेरमा
यस उमेरमा सेक्सुअल सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ । एकअर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुची हुन्छ । यस उमेरमा युवती आफ्नो इच्छा खुलस्त बताउँदैनन्, दबाएर राख्छन् । उनीहरु आफ्नो पार्टनर नै अग्रसर भएको रुचाउँछन् । कतिपय अवस्थामा युवतीमा तीब्र यौन इच्छा हुन्छ, तर उनीहरु व्यक्त गर्न सक्दैनन् ।

३५ देखि ५० को उमेरसम्म
यो उमेरमा यौन प्रतिको झुकाव क्रमस कम हुँदै जान्छ । तर, उनीहरुको इच्छामा भने कमी हुने होइन । तर, उनीहरुको यौन जीवन शारीरिकबाट माथि उठेर भावनात्मक मोडमा पुग्छ । महिलामा हर्मोनल परिवर्तन सबैभन्दा बढी यस उमेरमा हुने गर्छ । उनीहरुको मुड बदलिन सक्छ । स्वास्थ्य समस्याले यौन जीवन प्रभावित पार्न सक्छ । एक सर्बेक्षणले के पनि बताएको छ भने, ३५ को उमेरपछि महिलाहरु यौनक्रियामा बढी सन्तुष्ट महसुष गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !