१३ बैशाख २०८१, बिहिबार

सेक्स पावर बढाउनको लागि यो फलको जुस उपयुक्त


हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ ।

मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । तर सेक्स गर्दा पनि ध्यान दिनुपर्ने कुराहरु हुन्छन् किन की यस्तो अवस्थामा संवेदनशील हुन सक्छ त्यसै गर्दा पनि यौन सम्पर्क गर्दा विचार गरेन भने त्यो मजाभन्दा बोझ लाग्न सक्छ ।

बेलायतमा गरिएको एक अनुसन्धानका अनुसार १५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा भनेसम्मको हुन्छ । एडिनवर्गराज्यको क्वीन मारग्रेट विश्वविद्यालयका अनुसन्धानकर्ताले सेक्सपावर बढाउने बिषयमा गरेको अनुसन्धान गरेका थिए । सो क्रममा कमजोर भनिएका केही पुरुष तथा महिलालाई राखी १५ दिन सम्म दिनहु एक गिलास अनारको जुस खुवाएका थिए ।

१५ दिन खाएको जुसले उनीहरुमा टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्यो । जव टेस्टोस्टेरोन हार्मोन बढ्यो , कमजोर ठानिएका पुरुष तथा महिलाहरुले एकाएक उत्कृष्ठ ढंगले यौनव्यवहार देखाउन थाले । विश्वविद्यालयका अनुसार यो अनुसन्धानमा २१ देखी ६४ वर्षका पुरुष र महिलामा गरिएको थियो ।

टेस्टोस्टेरोन हार्मेनले नै किशोर अवस्थामा पुरुषहरुमा दाह्री जुगा उमार्ने, स्वर परिवर्तन हुने , काखीमुनी रौ उमार्ने, तथा महिलाहरुको स्तन बढाउने काम गर्छ । त्यो संगै सेक्स इच्छा समेत बढाउदै लैजान्छ । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !