६ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, सेक्समात्रै होईन, यी कारणले महिला‍-पुरुष एकअर्काविना रहन सक्दैनन्


जसरी एक पुरुषलाई जीवनमा महिला साथीको जरुरत पर्छ, त्यसैगरी महिलाहरु पनि पुरुषविनाको जीवन कल्पना नै गर्न सक्दैनन् । केही अपवादहरुलाई छाड्ने हो भने जीवनको कुनै न कुनै मोडमा महिलाले पुरुष र पुरुषले महिला जीवनसाथी बनाउँछन् । किन मानिसहरु विपरित लिंगी पार्टनरविना रहन सक्दैनन् ? विभिन्न अनुसन्धानहरुले पत्ता लगाएका केही कारणहरु

  • शारीरिक सन्तुष्टि र सन्तान उत्पादन सबैभन्दा महत्वपूर्ण कारण हो । यसका लागि प्रायले विपरित लिंगी जीवनसाथी खोज्छन् ।
  • सुरक्षा अर्को महत्वपूर्ण कारण हो । महिलाहरुले आफ्नो सुरक्षाका लागि पुरुष साथीको आवश्यकता महसुस गर्छन्, अर्कोतर्फ पुरुषहरु पनि महिलासँग कुनै न कुनै रुपमा निर्भर रहन्छन् ।
  • भावनात्मक सहयोग र मनोबलका लागि पनि एकअर्काको साथ निकै महत्वपूर्ण छ । जो कोहीले पनि जीवनसाथी खोज्दा भावनात्मक निकटता चाहन्छन् ।
  • मानिसलाई जीवनका हरेक मोडहरुमा एक सल्लाहकारको आवश्यकता पर्छ । जसले कुनै पनि निर्णय प्रकियामा सघाउन सकोस् र दुबैमा विश्वास पनि होस् । आमाबाबुको निधनपछि पति वा पत्नि नै त्यस्ता पात्र हुन्छन्, जसले विश्वासिलो सल्लाहकारको भूमिका खेल्न सक्छ ।
  • अर्को निकै नै महत्वपूर्ण कारण भनेको महिला र पुरुष एक अर्काविना अपूर्ण छन् । महिलामा केही विशेष खुबी हुन्छ, जुन पुरुषमा हुँदैन । अर्को तर्फ पुरुषका केही विशेष क्षमताको अभाव महिलामा हुन्छ । यस्तोमा दुबैको कम्बिनेसनलेमात्रै एउटा पूर्ण मानिस बन्नसक्छ ।
  • त्यसैले सदियौंदेखि महिला र पुरुष एक अर्कामा अन्योन्याश्रित छन् । अपवादहरुको कुरा फरक हुन्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !