८ बैशाख २०८१, शनिबार

यस्तो अबस्थामा झुकिएर पनि यौन सम्पर्क नगर्नुस !


कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् । शिशुको स्याहार सुसार गरिरहेको समयमा आमाले शिशुसँग माया ममता बाँड्छन् । यस्तो अवस्थामा आमाको एकाग्रता शिशुप्रति हुन्छ ।

स्तनपान गराएको समयमा आमाका लागि अन्य विषय गौण हुन्छ । यौनजन्य काम गौण हुनसक्छ । शिशुलाई स्तनपान गराइरहेको समयमा कुनै पुरुषले महिलालाई यौनका लागि प्रस्ताव गरे त्यस्ता पुरुषप्रति महिलाको वितृष्णा जाग्न सक्छ । त्यसैले महिलाको वितृष्णबाट बच्न पनि स्तनपानको समयमा पुरुषले महिलालाई यौनको प्रस्ताव नराख्नुनै उचित हुन्छ ।

महिनावारी
महिनावारी भएको सात दिनसम्म यौन सम्पर्क गर्नु ठीक होइन । महिनावारी भएको अवस्थामा हर्मोन परिवर्तन भएका हुनाले महिलाको पेट दुख्ने मात्रै होइन योनीबाट रगत बग्छ । हर्मोनको उत्तारचढाव त हुनेनै भयो । यस्तो अवस्थामा यौन सम्पर्क गरेको खण्डमा महिलामा संक्रमण हुने जोखिम बढ्छ । महिनावारी भएको अवस्थामा महिला शारीरिक तथा मानसिक रुपमा कमजोर हुने अवस्था हो । यस्तो अवस्थामा यौन सम्पर्क राख्दा झन कमजोर अनुभूति हुन्छ ।

गर्भवती
गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्नु ठीक होइन । गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । गर्भवती भएको अवस्थामा अधिकांश महिलाजन्य हर्मोन बढ्ने भएकाले महिलाको शारीरिक तथा मानसिक अवस्थामा उत्तारचढाव आउँछ । उदाहरणको रुपममा विहानीपख हुने बान्तालाई लिन सकिन्छ । जसलाई मेडिकल भाषामा मर्निङ सिकनेस भनिन्छ ।

गर्भवती अवस्थामा यौन सम्पर्क गर्दा योनीको मांशपेशी खुम्चने र फुक्ने मात्र नभई पाठेघरको नरम मांशपेशी पनि खुम्चने र फुक्ने हुन्छ प्रक्रिया हुन्छ । जसले गर्दा गर्भपतन हुने बढी सम्भावना हुन्छ । गर्भवती, स्तनपान र महिनावारीको समयमा यौन सम्पर्क गर्नु शारीरिक, मानसिक तथा वैज्ञानिक विश्लेशनले पनि उपर्युक्त छैन । यसरी हेर्दा सातामा एक पटक यौन सम्पर्क गर्नु उचित मानिन्छ । साप्ताहिकबाट साभार ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !