१२ बैशाख २०८१, बुधबार

स्तन क्यान्सरको जोखिमबाट बच्ने उपायहरु


stan

स्तन क्यान्सरको जोखिम महिलाहरुमा बढी हुने गर्दछ । यो एउटा यस्तो घातक ट्युमर हो जुन महिलाहरुको स्तनको तन्तुबाट शुरुवात हुने गर्दछ । अहिलेसम्म यो घातक रोगबाट बच्ने विशेष उपाय पत्ता लागिसकेको छैन तर पनि दैनिक आहार ब्यवहारमा सामान्य परिवर्तन गर्दा स्तन क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।

  • दैनिक मदिरा पिउने बाँनी छ भने त्यसलाई तुरुन्त कम गर्नुपर्दछ । मदिराजन्य पदार्थले स्तन क्यान्सरको खतरा बढाउने गर्दछ ।
  • दैनिक आहारमा फलफुल र हरियो साग सब्जीलाई समावेस गराउँनुपर्दछ जसले स्तन क्यान्सर हुनबाट जोगाउँछ ।
  • दैनिक ब्यायाम गर्ने ब्यक्तिमा स्तन क्यान्सरको जोखिम कम हुन्छ । एक अध्ययनका अनुसार हरेक हप्ता ७५ मिनेट देखि १५० मिनेट ब्रिस्क वाक गर्दा स्तन क्यान्सरको खतरा कम हुन्छ ।
  • बच्चालाई नियमित रुपमा स्तनपान गराउँनुपर्दछ । स्तनपान गराउँने महिलाहरुमा स्तन क्यान्सरको खतरा नगराउने महिलाको तुलनामा कम हुने गर्दछ ।
  • धुम्रपान गर्ने बाँनी छ भने त्यसलाई तुरुन्त छोड्नुपर्दछ । धुम्रपान गर्ने महिलाहरुमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !