७ बैशाख २०८१, शुक्रबार

महिलाहरुले हस्तमैथुन गर्नुपर्ने कारणहरु


sex x

अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो । हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।

  • खुशी दिन्छ

‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले मानिसको मूड अझ राम्रो बनाउछ ।

  • शरीरसंग अझ सहज हुन सकिन्छ

शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर भन्छिन् ।

  • सेक्स लाइफमा सुधार ल्याउन सक्छ

हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर पत्ता लगाउन सहयोग गर्छ । यसबाट आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई पनि भन्न सकिन्छ ।

  • निद्रा लाग्छ

हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि राम्रोसंग निद्रा पर्छ । चरमोत्कर्षले शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस राम्रोसंग सुत्छन्, यसले तनावरहित र सन्तुष्ट बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।

  • यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय

यदि सेक्स नगर्ने निर्णय गरिएको छ भने यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।

  • महिनावारीको समयमा हुने पीडा हटाउछ

हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो उपाय हो ।

  • तनाव घटाउँछ

यसले योगा गरिएजस्तो र खुट्टाको मसाज गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।

  • शरीरलाई यौनिक बनाइराख्छ

सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।

  • हस्तमैथुनका साधन उपलब्ध हुन्छन्

युवतीहरुका लागि बजारमा हस्तमैथुनका साधन उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक आनन्द लिन सकिन्छ ।

  • चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ

शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ, त्यसलाई राम्रोसंग बुझनुपर्छ । पुरुषका लागि चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई चरमोत्कर्षमा पुग्न समय लाग्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !