८ बैशाख २०८१, शनिबार

यौनसम्पर्क गर्दा कसरी पाउने उच्चतम सन्तुष्टी ?


यौनसम्पर्क गर्दा कसरी पाउने उच्चतम सन्तुष्टी ? यौनजीवनमा सन्तुष्ट नभएका मानिसहरुको दाम्पत्य सम्वन्ध नै असफल भएका कैयन उदाहरण छन् । विभिन्न कारणले यौन वा शारिरिक सम्पर्कका बेला समस्या निम्तने गर्छन् । यसले सन्तुष्टीमा असर पुर्‍याउँछ । गम्भीर सम्भोगका लागि पुरुष–महिला दुबैको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य राम्रो हुनुपर्छ ।

  • स्वस्थ सम्भोगको लागि स्नायु प्रणाली पनि स्वस्थ रहन जरुरी हुन्छ । यसको परिणाम सम्भोग अविस्मरणीय एवं आनन्दित हुन्छ । त्यस्तै, स्वस्थ मुुटु र रक्तसञ्चार प्रणालीले उत्तेजनालाई लामो समयसम्म कायम राख्न सहयोग गर्छ ।
  • हालै अमेरिकामा भएको अनुसन्धानले नियमित व्यायाम गर्ने पुरुषमा यौनसम्बन्धि समस्या कम हुने देखाएको छ । नियमित व्यायामले महिलाको यौन शक्ति बढाएको पनि अनुसन्धानको निस्कर्ष छ ।
  • हामीले खाने खानामा फलफूल र तरकारीको मात्रालाई बढाउनुपर्छ । त्यस्ता खानाको उपभोग गर्नुपर्छ जसमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । त्यस्तो खानाले स्नायु र मुटुलाई स्वस्थ र बलियो बनाउने काम गर्छ ।
  • मोटोपना भएका मानिसले पनि यौन सम्पर्कबाट सन्तुष्टी प्राप्त गर्न गाह्रो पर्छ । यसले सेक्स पार्टरलाई पनि असजिलो पार्छ । मोटो पुरुष र महिला सम्भोगको बेला छोटो समयमै थकित हुने समस्या हुन्छ । त्यसैले विस्तारै आफ्नो मोटोपनालाई कम गर्नु वाञ्छनीय छ ।
  • तनाबले यौन समस्यालाई थप बढाउँछ । यसले प्रजनन अंगमा रक्तसञ्चार हुन कम हुनुका साथै टेस्टोस्टेरोन हर्मोनको सक्रियतालाई समेत कम गर्छ । तनावले मानसिक समस्यालाई बढाउँदछ र यौन क्षमतालाई घटाउँछ । त्यसैले तनाव व्यवस्थापनका लागि ब्यायाम, योग, ध्यान, प्राणायाम, नृत्य, संगीत सुन्ने बानी बसाउनुपर्छ ।
  • बढि धुम्रपानले यौन क्षमतामा ह्रास ल्याउने थुप्रै अनुसन्धानले पुष्टि गरिसकेका छन् । धुम्रपानले यौन इच्छामा समेत कमी ल्याउँछ । यस्तै अत्यधिक मदिराको सेवनले फेरि स्नायु प्रणालीलाई शिथिल बनाउने काम गर्छ ।
  • अपर्याप्त निद्राले शरीरको उर्जामा कमी ल्याउने काम गर्छ । यसले गर्दा शारीरिक कमजोरीको पनि महसुस हुन्छ । त्यति मात्र होइन, पुरा ननिदाउँदा टेस्टोस्टेरोन हर्मोनको सक्रियतामा कमी आउँछ र यौन क्षमतामा नकारात्मक असर पर्छ । त्यसैले गहन सम्भागको लागि गहन निद्रा पनि महत्वपूर्ण छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !