६ बैशाख २०८१, बिहिबार

अत्याधिक हस्तमैथुन गर्दा हुने हानीहरु


sex x

हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । तर यो अन्य यौन व्यवहार भन्दा यसकारण फरक छ कि अत्याधिक हस्तमैथुन गर्नाले शरीरमा मानसिक तथा शारिरीक असन्तुलन तथा अन्य साइड इफेक्ट निम्त्याउन सक्छ । तर यसको असर हरेक मानिसमा फरक फरक हुन्छ ।

त्यसभए कति पटक हस्तमैथुन गर्दा अत्याधिक हुन्छ त ? एक दिनमा २ अथवा २ भन्दा धेरै पटक हस्तमैथुन गर्नुलाई अत्याधिक मान्न सकिन्छ । अधिकांश चिकित्सकहरु हस्तमैथुन गर्ने अवधीलाई सकेसम्म कम गर्न सल्लाह दिन्छन् । चिकिस्तकहरुका अनुसार हप्ता २ देखि ३ पटकमात्रै हस्तमैथुन गर्नु उचित हुन्छ । किन ? त्यसमा थुप्रै कारणहरु छन् ।

सर्वप्रथम तपाईले यो जान्न जरुरी छ कि हस्तमैथुन गर्दा शरीरको भित्री तापक्रम बढ्छ । यसैकारणले नै हस्तमैथुनको बेला कहिलेकाही निकै गर्मी महशुस हुनेगर्छ । अझ कहिलेकाही त पसिना नै आउने गर्छ । एनेल डट ओर्ग (anael.org) नामक एक वेबसाइटका अनुसार जब चरम उत्कर्ष (स्खलन) हुन्छ, तब अबशोषणको हलचल (complex movement of absorption) पैदा हुन्छ । जसले एकप्रकारको भ्याकुम (खालीपना) पैदा गर्छ ।

खालीपनाको असर स्वरुप सेमिनल भेसिकल (seminal vesicle) भरिन खोज्छ । जसकारण लिङ्गको बाटो भएर हावा भित्र पस्छ । जुन हावा पछि सेमिनल भेसिकलबाट लिम्फ्याटिक सिस्टम (lymphatic system)मा जान्छ । जसले गर्दा सेरेब्रल न्यूरोन्स (cerebral neurons) र कोष (Cells)हरुको बीचमा थर्मल सक (thermal shock) तथा चिसोपना उत्पन्न गराउँछ । यसले सेरेब्रल, शारिरीक तथा तान्त्रिकाको सन्तुलनमा असर गर्छ ।

शुक्रकिटमा डीएनए (DNA) र आरएनए (RNA) हुन्छ । डीएनएमा वंशाणुगत गुणहरु हुन्छ भने आरएनएमा इन्जाइम, प्रोटिन, ग्लुकोसाइड्स, लेसिथिन, क्याल्सियम, फस्फोरस, जैविक नुन, टेष्टोष्टेरोन इत्यादि हुन्छ । स्खलनको बेला सानो मात्रामा यी पदार्थहरु शरीरबाट बाहिरिन्छन् ।

धेरै मात्रामा क्याल्सियम गुमाउँदा थकान तथा हड्डीको दुखाई निम्त्याउन सक्छ । हरेक पटकको स्खलन पछि शरीरले गुमाएका खनिज तथा पोषक तत्वहरु खानाबाट तथा सप्लिमेन्टस (supplementation)बाट परिपुर्ति अत्यन्तै जरुरी छ ।

अत्याधिक हस्तमैथुन (Excessive masturbation) गर्दा अथवा अझै सही अर्थमा भन्दा अत्याधिक स्खलन हुँदा पारासिम्प्याथेटिक नर्भस फङ्सन (parasympathetic nervous functions) उत्तेजित हुन्छ । जसले सेक्स हर्मोनहरु जस्तै डीएचटी (DHT, Dihydrotestosterone), एसेटिल्कोलिन (acetylcholine), डोपामिन (dopamine) तथा सेरेटोनिन (serotonin) जस्ता हर्मोनको अति उत्पादन निम्त्याउँछ । असामान्य रुपमा हुने सेक्स हर्मोनको अति उत्पादनले मष्तिष्क र एड्रिनालिन ग्रन्थीहरुलाई शरीरमा रासायनिक प्रकृयामा असाधारण परिवर्तन ल्याउन बाध्य बनाउँछ । जसले शरीरमा नकारात्मक प्रभाव पार्छ ।

अत्याधिक हस्तमैथुनको अर्को साइड इफेक्ट भनेको कपाल झर्नु पनि हो । डीएचटी हर्मोनको अत्याधिक उत्पादनले कपाल झर्ने समस्या निम्त्याउँछ । जुन अत्याधिक हस्तमैथुनको कारणले हुने गर्छ ।

अत्याधिक हस्तमैथुन गर्ने मानिसहरुमा ध्यान केन्द्रित गर्न नसक्ने तथा सम्झन नसक्ने समस्या देखिन सक्छ । जुन एसेटिल्कोलिन हर्मोनको अति उत्पादनको कारणले हुने गर्छ ।

अत्याधिक हस्तमैथुन गर्नाले मोटर नर्भस (motor nerves) तथा न्यूरो मस्कुलर इण्डिङ्स (neuro-muscular endings)मा पनि असर पर्न जान्छ । जसकारण सम्झन सक्ने क्षमतामा हानी, ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या देखिन सक्छ । अत्याधिक हस्तमैथुनले मुड स्वीङ (mood swings), निन्द्रा नलाग्ने, चिन्ता, तनाव तथा डिप्रेशन समेत निम्त्याउने कतिपय अध्ययनले देखाएको छ । त्यसकारण नै पनि हप्तामा ३ पटकसम्म हस्तमैथुनलाई कायम गर्नु उचित हुन्छ । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !