८ बैशाख २०८१, शनिबार

किन हुन्छ त हिस्टेरिया ?


hysteria simpotoms

किन हुन्छ त हिस्टेरिया ?
हिस्टेरियाका बिभिन्न कारणहरु छन तर यही कारणहरु नै हो भन्ने चाहिँ त्यस्तो Universal कारणहरु छैनन किनकी यसका कारणहरुका बारेमा बिभिन्न मतमतान्तर रहेको छ । तर पनि केही प्रमुख कारणहरु भने निम्न रहेका छन ।

 मन्द बुद्धि:
मन्द बुद्धीको कारणले पनि हिस्टेरिया हुने कुरा बिभिन्न अध्ययनहरुले देखायेको छ । मन्द बुद्धीले ढिला काम गर्ने र परिस्थितीसङ्ग एड्जस्ट गर्न गाह्रो पर्ने हुनाले बिभिन्न हिनताबोधहरु देखा पर्ने हुन्छ । साथीहरुसङ्ग घुलमिल गर्न गाह्रो पर्ने र अरुको तुलनामा आफ्नो दिमागी शुस्तता महसुस हुने हुनाले हिस्टेरियाको बढी सम्भावना रहन्छ ।

 मानसिक आघात
मानसिक आघातलाई हिस्टेरियाको प्रमुख कारण मानिएको छ। मानिसको जिवनमा बिभिन्न कृयाकलापहरु भइरहन्छन । यस्तो परिस्थितीमा कहिलेकाहिँ मानिसहरु ठुलो समस्या र बिकराल परिस्थितीसङ्ग जुधेका हुन्छन जसले गर्दा ब्यक्तिका मनमा ठुलो संबेगना एवं तनाब उत्पन्न हुन्छ र जसले गर्दा मानसिक अबस्था कमजोर हुनजान्छ । यस्ता समस्याको समाधानको बाटो पत्ता नलाग्दा ठुलो छटपटी एवं औडाहा हुने गर्दछ । कुनै आकस्मिक घटना, दुखद समाचारहरु सुनिन्छ। जुन परिस्थितीसङ्ग जुध्न नसक्दा ठुलो मानसिक आघात पर्न गई ब्यक्तीको मनमा ठुलो चोट पर्न जान्छ । त्यस्तो मानसिक आघातका कारण मानिसहरु हिस्टेरियाको सिकार बन्न पुग्दछ ।

 किसोरावस्था
किसोरावस्था एउटा प्रमुख कारण हो हिस्टेरियाको । यस्ता उमेर समुहका ब्यक्तीहरु अपरिपक्क हुने हुनाले आफ्ना शारिरिक बिकास सङ्गसङ्गै नया र कम्प्लिकेटेड परिस्थितीको बिचमा एड्जस्मेन्ट गर्न नसक्दा आत्मबल गुमाउन सक्छ । यस्तो बेलामा उनिहरु आफ्ना समस्याहरु अरुसङ्ग सेयर गर्न सक्तैनन। जस्को कारण उनिहरु भित्रभित्रै गुम्सिएर, निसास्सिएर मानसिक तनाब बढ्दै जाने हुनाले उक्त तनाबलाइ कम गर्न पनि किसोरहरु हिस्टेरियाको शिकार बन्ने गर्दछन ।

असामान्य अनुशाशन
अनुशाशन मानब जिवनमा अति महत्वपुर्ण कुरा हो । अझ बालकहरुमा शारिरिक र मानशिक बृद्धी बिकासका लागी अनुशाशनको विशेष महत्व रहेको छ । तर अनुशाशनको नाममा कुनै अभिभाबकहरु आफ्ना बालबालिकाहरुलाई बढि नै प्रेसर दिने र टर्चर दिने गर्दछन । त्यस्तो टर्चरले गर्दा उनिहरुमा मानसिक आघात पर्न जान्छ र हिस्टेरियाको सिकार हुन जान्छन ।

असन्तुस्ट यौन इच्छा
मानिसभित्र युवा अवस्थामा यौन इच्छा बढि नै जाग्ने गर्दछ। यौन इच्छाको दमन गर्नाले त्यस्को असर दिमागमा प्रत्यक्ष पर्ने गर्दछ । सो इच्छा यति गहिराईमा पुग्दछ कि उसको अचेतन मन मा गएर त्यो बस्दछ । जसको कारण त्यो समस्याबाट बाहिर आउने बाटो नदेखेपछी उक्त ब्यक्ती हिस्टेरियाको सिकार बन्न पुग्दछ ।

कुसमायोजन
जो ब्यक्ती आफ्नो परिबेश र आकस्मिक आउने अवस्थासङ्ग एड्जस्ट गर्न सक्दैन उसलाई हिनताबोध, असुरक्षा एवं शंकाहरु बढ्न थाल्दछ । तिनै अवस्थहरुका कारण ब्यक्तिमा कमजोर मनस्थिती उत्पन्न हुना गई हिस्टेरियाको समस्या देखा पर्न जान्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !