८ बैशाख २०८१, शनिबार

मलद्वारबाट यौनक्रिडाको स्वाद लिँदा के हुन्छ ?


sex-with-couple

यौन विशेषज्ञ डा. सुमनराज पन्त धेरै जसो जोडीको एउटै जिज्ञासाले चकित छन् । यौन समस्याको समाधान लिएर आउँनेहरु नेपालीहरुसँग पनि एउटै जिज्ञासा धेरै आउँने गरेको छ । यसले नेपालीहरु पनि किन यतातर्फ लागिरहेका छन् भन्ने इङ्गित गर्दछ । अधिकांशको चासो देखिन थालेको छ की मलद्वारबाट यौनक्रिडाको स्वाद लिँदा के हुन्छ ? यसलाई उहाँले एकमुष्टमा जवाफ दिनुभएको छ । धेरैजसोले यौनसम्पर्क भन्नाले दुबैका गोप्य अंग मैथुनलाई मात्र बुझछन् । यौनसम्पर्क गोप्य अंग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा पुरुष गोप्य अंग पसाई गरिने यौनसम्पर्कलाई गुदा–मैथुन भनिन्छ । धेरै मानिस गुदामैथुनलाई समलिङ्गी यौन व्यवहार मान्छन् तर वास्तविकता के हो भने यो समानलिङ्गी व्यक्ति तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाबीच पनि हुन सक्छ । वैवाहिक जोडीको बीचमा पनि यस्तो यौनव्यवहार देखिन्छ ।

यो कुराको जवाफ प्राप्त गर्न सजिलो छैन, तर भिन्न भए पनि यो प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार नै हो भन्ने मान्यता छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरको अन्य अङ्गभन्दा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन् । अर्को कुरा, प्रोस्टेट अर्थात् पौरुष ग्रन्थि गुदानलीको ठीक अगाडि हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थिको घर्षण हुन्छ । पुरुष गोप्य अंग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई यौनसुख भनिन्छ । अर्कोतिर, कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द एवं रोमाञ्चता अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनेर मानसिक रूपमा रोमाञ्च लिने चलन छ । यदि आफ्नो साथीमा कुनै संक्रमण छ भने कुनै पनि यौनसम्पर्कमा जस्तै रोग सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुनबाट पनि सर्न सक्छन् ।

एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा पुरुष महिलाको गोप्य अंग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमपूर्ण मानिन्छ । त्यसो हुनुको कारण गुदानलीबाट योनिको जस्तो रस निस्कँदैन र त्यसको भित्री छालापनि पातलो र कमलो हुने भएकाले यौनसम्पर्कले चोट पु¥याउँछ र सजिलै रोगको संक्रमण हुनसक्छ । यौन रोगका अतिरिक्त मलाशयमा अन्य रोगका जीवाणु पनि हुन्छन् । यदि दुवै जनामा कुनै यौन रोग छैन भनेपनि गुदामैथुन पछि पुरुष महिलाको गोप्य अंग मैथुन गरे महिलाको गोप्य अंग वा मूत्र प्रणालीको संक्रमण हुनसक्छ । ठूलो आन्द्रा वा मलाशयमा भएको दिसा रोक्ने किसिमको संरचना नै मलद्वारमा हुन्छ । मलद्वारमा एउटा गोलाकार मांसपेशी हुन्छ जुन खुम्चिएको अवस्थामा त्यसले मलद्वारलाई पूर्ण रूपमा बन्द गर्छ । यही मांसपेशी प्रयोग गरेर उपयुक्त समय नभएसम्म हामी दिसा रोक्छौं ।

उक्त मांसपेशी बन्द भएका बेला दिसा बाहिर आउन नसक्ने मात्र होइन, बाहिरबाट भित्र कुनैपनि कुरा सजिलै पस्न सक्दैन । यस्तो बेलामा लिङ्ग पसाउन गाह्रो हुन्छ र पसाउन खोजे पनि पीडा हुन्छ । मांसपेशी संकुचित भएर मलद्वार बन्द भएको अवस्थामा जबरजस्ती लिङ्ग, औंला वा अन्य वस्तु वारम्बार पसाइरहँदा उक्त मांसपेशी कमजोर हुने सम्भावना रहन्छ । त्यस्तो भए दिसा रोकेर राख्न केही गाह्रो हुन्छ । उक्त मांसपेशीको कसरत गरेर त्यसलाई बलियो बनाउन सकिन्छ, जसले गर्दा समस्या कम हुनसक्छ । गुदद्वार प्राकृतिक रूपमा यौनसम्पर्कका लागि बनेको अङ्ग होइन । त्यसका अतिरिक्त यसको छाला पनि योनिको तुलनामा निकै पातलो हुन्छ । त्यसैले चोटपटक लाग्न सक्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !