११ बैशाख २०८१, मंगलबार

हाम्रो शरीरमा यौन सम्पर्कवाट हुने फाईदाहरु


sexual

हाम्रो समाजमा यौन सम्पर्क भन्ने शब्द सुन्दा मात्र अचम्म मान्ने गर्दछ । तर यसको आवश्यकता बुझ्ने हो भने निकै नै महत्व रहेको छ । हरेको व्यक्तिको स्वास्थ्यकोलागी यौन सम्पर्क एक महत्वपुर्ण पक्ष मानिन्छ । तरपनि हाम्रो समाजमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ । खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो । सेक्सवाट ब्लड प्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ ।

एक सर्वेका अनुसार नियमित यौनसम्पर्कवाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रो सँग गरिने यौन सम्पर्कले मानशिक तनाब पनि काम हुन्छ । जो व्यक्ति नियमित यौन सम्पर्क गर्छ उसको बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । एक सर्वेका अनुसार नियमित यौनसम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाईदिन्छ ।

यस्तो छ फाईदाहरु

  • यौन सम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छ ।
  • यौन सम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ ।
  • महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी ।
  • यौन सम्पर्कले उच्च रक्तचापलाई कम गर्छ ।
  • यौन सम्पर्क एउटा राम्रो कसरत हो ।
  • यौन सम्पर्कले हृदयघातको समस्यावाट बचाई राख्न मद्दत गर्छ ।
  • यौन सम्पर्कले दुखाई कम गर्छ ।
  • यौन सम्पर्क प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ ।
  • यौन सम्पर्कले राम्रो निन्द्रा दिलाउदछ ।
  • यौन सम्पर्कले मानसिक तनाब कम गराउछ ।

एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !