१२ बैशाख २०८१, बुधबार

पाठेघर भन्दा बाहिर बच्चा बस्ने कारण लक्षण


गर्भवती

गर्भवती महिलाले स्वास्थ्य जाँच गराउँदा डाक्टरले ‘तपाईको बच्चा ठाउँमा बसेको छैन’ भन्ने गर्छन् । यो कहिलेकाहीँ आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, कहिलेकाही बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यसबाहेक बच्चा कहिलेकाहीँ अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा पनि बस्नसक्छ ।

यो अवस्था किन खतरनाक ?

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।

कारण

  • पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको छ भने
  • ट्युबको पहिला शल्यक्रिया भएको छ भने
  • बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने
  • पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए
  • कपर टीको प्रयोगले

लक्षणहरू

  • महिनावारी रोकिने
  •  पेट दुख्ने
  • योनीबाट रगत जाने
  • वाकवाक लाग्ने
  • बेहोस हुने

पत्ता लगाउन गर्नुपर्ने जाँचहरू

  • पिसाबको टेस्ट । यसले गर्व छ वा छैन भन्ने थाहा हुन्छ
  • पेटको भिडियो एक्सरे
  • रगतको एचसिजी हार्मोनको टेस्ट

उपचार

  • गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ
  • गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र टेस्ट रिपोर्ट हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि उपचार गर्न सकिन्छ । मेथोट्रेक्जेट नामक औषधि प्रयोग गर्न सकिन्छ ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

पाठेघर क्यान्सर हुनुका कारण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !