११ बैशाख २०८१, मंगलबार

के यौन सम्पर्क गर्नाले किशोरावस्थामा आउने डण्डिफोर कम हुन्छ ?


pimle

यौन सम्पर्क गर्नाले डण्डिफोर कम हुन्छ भन्ने धारणा गलत हो । यो कसैलाई भ्रममा पारी यौनसम्पर्क गर्ने दाउ मात्रै हुन सक्दछ । डण्डिफोर कम गर्न त छालालाई सफा राखी खानपानमा विशेष ध्यान पु¥याउनु पर्दछ । जस्तै चिल्लो पदार्थ कम खाने , पानी धेरै पिउने आदि । मलमुत्र बाहेक छालाबाट पनि हामीले खाएकाहरु पसिना मार्फत निस्कने प्रणाली शरीरमा बनेको हुन्छ ।

त्यसमा छालालाई सुख्खा नहोस भनेर पसिनासँग चिल्लो पदार्थ निस्किएको हो । किशोरावस्थामा सबैको पसिनाबाट चिल्लो पदार्थ निस्कने गर्दछ भने कसैको अलि बढी आउँछ । त्यसरी चिल्लो पदार्थ आउँदा छालाबाट निस्कँदा बाहिरी वातावरणको कारण अवरोध भई जम्मा हुन थाल्दछ र त्यसमा व्याक्टेरिया वा ढुसीहरुबाट संक्रण भई डण्डिफोर पाक्छ ।

दिनमा ३ देखि चार पटक बेलुका र विहान पनि १÷१ पटक राम्रोसँग मिचेर साबुन पानीले मुख धुँदा त्यस्ता चिल्ला पदार्थ सजिलै निस्कन मद्दत मिल्दछ । त्यसो गर्दा डण्डीफोर धेरै नै कम मात्रामा निस्कन्छ । केक साबुन, लोसन साबुन जे प्रयोग गरे पनि चिल्लो पदार्थ नभएको (ड्राई) किन्नु पर्दछ । त्यस्तै असाध्यै धेरै नै डण्डीफोर आयो भने कागतीको झोल मिसाएको हल्का तातो पानीले सावुन लगाउँनु भन्दा अगाडी मुख धुनु पर्दछ । तर प्रत्येक पटक त्यसो गर्नुहुँदैन । त्यसले छालामा अर्को किसिमको समस्या ल्याउँन पनि सक्दछ ।

त्यस्तै डण्डीफोर कम गर्ने भनेर बजारमा अनेको किसिमका ओंषधि पाइन्छ । जथाभाबी ती औषधिको प्रयोग गर्नु हुँदैन । छाला जाँचेर मात्र त्यस्ता औषधिको प्रयोग गर्नु पर्ने हुन्छ अन्यथा नकारात्मक असर गरी अनुहारको छाला सधैंको लागि विग्रन सक्दछ । त्यस्तो घटना धेरैले भोगेका छन । त्यसैले डण्डीफोर यौनसम्र्क गरेर कम हुने होइन ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !