७ बैशाख २०८१, शुक्रबार

विवाहपछि यौन चाहना नहुनुका कारण र यसको उपाय !


यौन सम्पर्क

एजेन्सी । यौन चाहना नहुने प्रमुख कारण रागरसको गडबडी हो । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोग) को औषधि र मधुमेहको औषधि सेवन गरेको अवस्थामा पनि उसमा यौन चाहना नआउन सक्छ । यसका साथै आफ्नो दिनचर्या निकै व्यस्त हुने व्यक्तिमा थकान र विभिन्न तनावले मानसिक रुपमा तयार नहुनाले पनि व्यक्तिमा यौन चाहना नआउन सक्छ । यसका साथै केही हदसम्म वंशाणुगत गुणका कारणले पनि यौन चाहनामा फरक पर्न जान्छ । तर यी समस्या परामर्शको माध्यमबाट हल गर्न सकिने यौन विशेषज्ञ बताउछन् ।

यौन इच्छा नआउनु कुनै रोग होइन र यसले शरीरमा कुनै किसिमको हानी गर्दैन् । मानिसलाई यौनको आवश्यकता पर्छ । किनकी मानिस यौनिक प्राणी हो । तर यौन सम्पर्क नराख्दैमा मानिस बाच्दैन भन्ने होइन । श्रीमानको इच्छा पुरा गर्न पनि श्रीमतीले यौन सम्पर्क राखिदिनु पर्ने सचन हाम्रो समाजमा छ । त्यसैले यौन चाहना नहुनु कुनै रोग नभए पनि विवाह पछिको यौनले विशेष महत्व राख्छ । त्यसैले कसरी हुन्छ, विवाहपछि श्रीमान श्रीमतीबिच सहमतीमा यौन सम्पर्क राख्नु पर्छ । र एकले अर्काको भावना बुझ्नु पर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !