परमाणु र परमेश्वरको तुलनात्मक विश्लेषण Nepalpatra परमाणु र परमेश्वरको तुलनात्मक विश्लेषण
११ मंसिर २०७८, शनिबार

परमाणु र परमेश्वरको तुलनात्मक विश्लेषण


परमाणु र परमेश्वरको तुलनात्मक विश्लेषण

परमाणु र परमेश्वरको तुलनात्मक विश्लेषण ! भनिन्छ धर्म भनेको धारण गर्ने सनातन ज्ञान हो । हजारौं हजार वर्षदेखि आएको सनातन परम्पराको क्रमबद्धताको ज्ञान नै विज्ञान हो । धर्म विश्वास र आस्थाको प्रतीक हो भने विज्ञान हर वस्तुको कारण हो । धर्म वास्तवमा विज्ञानमै आधारित हो । विज्ञान पनि धर्मबिना सफल हुनै सक्दैन । यसले धर्म र विज्ञानको अन्तर्सम्बन्ध धेरै गहिरो हुन्छ भन्ने पुष्टि गर्दछ । धर्म र विज्ञान दुवैको लक्ष्य सत्यको उद्घाटन गर्नु नै हो ।

धर्म र विज्ञान यी दुवैको लक्ष्य उन्नति, प्रगति, विकास र सुख नै हो, अन्तिम गन्तव्य शाश्वत शान्तिको पथ हो । विज्ञानको पथ पनि सामाजिक कल्याणको भाव नै हो । धर्म र विज्ञान एउटै सिक्काका दुई पाटा हुन् । विज्ञान र धर्मलाई भिन्न देख्नु दृष्टि दुर्बलता हो । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका छन्, ‘धर्म बिनाको विज्ञान लंगडो र विज्ञान बिनाको धर्म अन्धो हुन्छ’ । धर्म र विज्ञान एकअर्काका पूरक हुन् । धर्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ ।

भनिन्छ धर्म भनेको धारण गर्ने सनातन ज्ञान हो । हजारौं हजार वर्षदेखि आएको सनातन परम्पराको क्रमबद्धताको ज्ञान नै विज्ञान हो । धर्म विश्वास र आस्थाको प्रतीक हो भने विज्ञान हर वस्तुको कारण हो ।

परमेश्वर

भनिन्छ परमेश्वर सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी, अपरिवर्तनीय हुनुहुन्छ । वैदिक प्रमाण अनुसार परमात्माका अनन्त नामहरु र रूपहरु छन् भन्ने कुरा बुझिन्छ । परमेश्वर त्यो सर्वोच्च परालौकिक शक्ति छ जसलाई यस संसारको स्रष्टा र शासक मानिन्छ । नेपालीमा परमेश्वरलाई भगवान, परमात्मा पनि भन्दछन् । परमेश्वरको परिकल्पना ब्रह्माण्डको संरचनादेखि सुरु भएको हो । वेदका अनुसार व्यक्तिका भित्र पुरुष ईश्वर नैं छ। परमेश्वर एक नैं छ ।

धर्म र विज्ञान यी दुवैको लक्ष्य उन्नति, प्रगति, विकास र सुख नै हो, अन्तिम गन्तव्य शाश्वत शान्तिको पथ हो । विज्ञानको पथ पनि सामाजिक कल्याणको भाव नै हो । धर्म र विज्ञान एउटै सिक्काका दुई पाटा हुन् ।

हिन्दू धर्ममा परमेश्वर भन्नाले ब्रम्हा, विष्णु र महेश्वर (शिव) लाई बुझिन्छ । वैदिक सनातन हिन्दू धर्ममा भगवान भन्नाले यस चराचर जगतको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता परब्रम्ह परमात्मालाई बुझाउँछ । हिन्दू धर्मका अनुसार सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र महेश्वर संहारकर्ता शिव एकै रूपका तीन अंग हुन् । देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कम्मर भन्दा तलको भाग छ । सारा विश्व ब्रम्हाण्डमा ‘द पावर अफ ट्रिनिटी’ अर्थात त्रिगुणात्मक शक्तिबाट यो सृष्टि परिचालित भएको छ ।

परमाणु

परमाणु कुनै पदार्थको सबैभन्दा सानो भाग हो, जुन इलेक्ट्रोन, प्रोटोन  र  न्युट्रोन मिलेर बनेको हुन्छ । प्रोटोनहरू धनात्मक चार्ज र  इलेक्ट्रोनहरू ऋणात्मक चार्जका हुन्छन भने न्युट्रोनको चार्ज हुँदैन। आखिर इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनलाई हाम्रा त्रिदेव ब्रम्हा, विष्णु, महेश्वर वा त्रिदेवी लक्ष्मी, सरस्वती र कालीसँग तुलना गर्न सकिन्छ  । सत्व, रज, तम (न्यूट्रोन, इलेक्ट्रोन र प्रोटोन) यी तीन गुणहरूले यो संकेत गर्दछन् कि यी तीन गुणहरूदेखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ ।

विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका छन्, ‘धर्म बिनाको विज्ञान लंगडो र विज्ञान बिनाको धर्म अन्धो हुन्छ’ । धर्म र विज्ञान एकअर्काका पूरक हुन् । धर्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ ।

माता, पिता र आचार्य यी तीन गुरू हुन् यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ । जनै र गायत्रीको परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर (परमाणु) को सर्वश्रेष्ठ नाम ‘ओम्’ मा अक्षर पनि तीन छन् अ, उ र म् । महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’ र गायत्री मन्त्रमा पाद पनि तीन नै छन् ‘तत्सवितुर्वरेण्यम्’ ’भर्गो देवस्य धीमहि’ ’धियो यो नः प्रचोदयात’ । सत्य युगमा शक्ती परमेश्वरमा हुन्थ्यो भने आजको भौतिक कलियुगमा शक्ती परमाणुमा रहेको हुन्छ । तसर्थ आज संसारभरी पारमाणिक र आणविक शक्तीको होडवाजीमा शक्तिशाली राष्ट्रहरु तछाड-मछाड गरी अघी बढी रहेका छन ।

वैदिक र पाश्चात्य मतहरूमा परमेश्वरको अवधारणामा यो गहिरो अन्तर छ कि वेदका अनुसार ईश्वर भित्र र बाहिर दुइटै छ जबकि पाश्चात्य धर्महरूका अनुसार ईश्वर केवल बाहिर मात्र छ। ईश्वर परब्रह्मको सगुण रूप छ । हिन्दु धर्ममा ईश्वर त्यो शक्ति छ जसदेखि सारा संसार चल्दछ । आखिर इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनलाई हाम्रा त्रिदेव ब्रम्हा, विष्णु, महेश्वर वा त्रिदेवी लक्ष्मी, सरस्वती र कालीसँग तुलना गर्न सकिन्छ ।

बिभिन्न गुणहरु र स्वभावहरुको हिसावले परमाणु (इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन) लाई परमेश्वर (महेश्वर, विष्णु र ब्रम्हा) सँग तुलना गर्न सकिन्छ ।

परमाणु (न्यूट्रोन + प्रोटोन + इलेक्ट्रोन) ↔ परमेश्वर (ब्रह्मा + विष्णु + महेश्वर)

इलेक्ट्रोन  ↔  महेश्वर (अर्धाङ्गिनी पार्वती)

प्रोटोन  ↔  विष्णु (अर्धाङ्गिनी लक्ष्मी)

न्यूट्रोन  ↔  ब्रम्हा (पत्नी सरस्वती)

ब्रह्मा र न्यूट्रोन

हिन्दु धर्म अनुसार ब्रह्मा संसारका सृष्टिकर्ता हुन् । उनले सम्पूर्ण संसारको रचना गरे । सरस्वतीलाई ब्रह्माकाे पत्नीको रूपमा लिने गरिन्छ । बिभिन्न गुणहरु र स्वभावहरुको हिसावले न्यूट्रोनलाई ब्रम्हासँग तुलना गर्न सकिन्छ । न्युट्रोन चार्जरहित परमाणविक कण हो, जो परमाणुका न्युक्लियस (केन्द्र) मा  रहेको हुन्छ । ब्रह्मा संसारका सृष्टिकर्ता भएतापनि उनको भूमिका केन्द्रमा अभिभावकको रुपमा तटस्थ देखिन्छ । ब्रह्मामा भएको गुणलाई सत्वगुण मानिए जस्तै न्यूट्रोनमा भएको गुणलाई पनि सत्वगुणसँग तुलना गर्न सकिन्छ ।

विष्णु र प्रोटोन

हिन्दू धर्मका आराध्यदेव भगवान विष्णुलाई संसारको पालनकर्ता मानिन्छ । जसले यो सृष्टि चलाएको मानिन्छ । भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन् । बिभिन्न गुणहरु र स्वभावहरुको हिसावले प्रोटोनलाई विष्णुसँग तुलना गर्न सकिन्छ । प्रोटोन धनात्मक चार्जयुक्त परमाणविक कण हो, जो परमाणुका न्युक्लियस(केन्द्र)मा रहेको हुन्छ । विष्णु पालनकर्ता भएर संसारको सृष्टिलाई चलाई सकरात्मक बाटोतिर हिडाउन केन्द्रमा अभिभावकको भूमिकामा देखिन्छन । विष्णुमा भएको गुणलाई तमगुण मानिए जस्तै प्रोटोनमा भएको गुणलाई पनि तमगुणसँग तुलना गर्न सकिन्छ ।

शिव/महेश्वर र इलेक्ट्रोन

हिन्दू धर्मका अनुसार शिवलाई संसारको संहारकर्ता मानिन्छ । यिनको अर्धाङ्गिनी (शक्ति)को नाम पार्वती हो । बिभिन्न गुणहरु र स्वभावहरुको हिसावले इलेक्ट्रोनलाई शिवसँग तुलना गर्न सकिन्छ । इलेक्ट्रोन ऋणात्मक चार्जयुक्त परमाणविक कण हो, जो परमाणुका न्युक्लियसलाई केन्द्र बनाएर परिक्रमा गरीरहेको हुन्छ । त्रिदेवहरूमा भगवान शिव संहारको देवता (विनाशकर्ता) को रुपमा नकरात्मक भूमिकामा संसारभर घुमिरहेको देखिन्छन । शिवमा भएको गुणलाई रजगुण मानिए जस्तै इलेक्ट्रोनमा भएको गुणलाई पनि रजगुणसँग तुलना गर्न सकिन्छ ।

भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ । यसरी नै इलेक्ट्रोनलाई पनि ब्रहमतत्व मानिन्छ किनकी यो संसारका हरेक बस्तुमा इलेक्ट्रोन रहेको हुन्छ ।  श+वि= शिव मिलेर बनेको शिवको नामको ि लाई हटाएमा “शव” शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ । शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ । इलेक्ट्रोनले परमाणुका न्युक्लियसलाई केन्द्र बनाएर परिक्रमा गर्न छाडेमा परमाणुको अस्थित्व कल्पना गर्न सकिदैन ।

शिवमा परस्पर विरोधी भावहरूको सामंजस्य हेर्न पाइन्छ । शिवको टाउकोमा एकातिर चन्द्रमा छ, भने दोस्रो तिर महाविषधारी सर्प पनि उनको घाँटिमा माला छ । शिवले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन् । त्यस्तै इलेक्ट्रोनले पनि परस्पर विरोधी द्वैध (दोहोरो) चरित्रहरु अथवा गुणहरु देखाउछ । कहिले यसले पार्टिकल (कण) को जस्तो गुण देखाउछ भने कहिले वेभ (तरङ) को जस्तो गुण देखाउछ ।

शिव शक्ति हो । यसलाई आगोका रूपमा पनि व्याख्या गर्न सकिन्छ । ऊर्जाको उत्पत्ति शिवबाट हुन्छ । हरेक प्राणीको जन्म ऊर्जाबाट हुन्छ र मृत्युपछिको मोक्ष पनि ऊर्जाबाटै हुन्छ । सनातन धर्मशास्त्रले शरीरको बल र विजयका लागि देवीको महिमा गर्छ भने आत्मबलका लागि शिवको किनकि आत्मबल अरु सबै बलको जननी हो । तसर्थ शिव शक्तिको जननी पनि हो । शिव तत्व हो, शिव जीवनदर्शन हो, शिव विज्ञान हो, शिव पूरै परमात्मा हो र मानव जगत मरमात्माको अंश हो ।

यसरी नै इलेक्ट्रोनलाई उर्जामा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने उर्जा उत्पन्न हुन्छ । महान् वैज्ञानिक आइन्सटाइनको विशेष सापेक्षतावादको सिद्धान्तको वैज्ञानिक सूत्र E = mc2  अनुसार उर्जाको मान इलेक्ट्रोनको पिण्ड वृद्धिलाई प्रकाशको गतिका वर्गदेखि गुणा गर्नमा प्राप्त हुन्छ । इलेक्ट्रोन र उर्जालाई एकअर्कामा रूपान्तरण गर्न सकिन्छ । कुनै वस्तुको पिण्ड नष्ट गर्दा उर्जा प्राप्त गर्न सकिन्छ । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ उर्जामा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र उर्जामा बदलिएको हुन्छ ।

अन्तमा, सबै परमाणुका न्युक्लियसमा प्रोटोन न्युट्रोनका सगै भएजस्तै ब्रह्मा र विष्णु पनि प्राय: संसारका हरेक समस्याको सामधान गर्न सगै मिलेर बसेको पाईन्छ । पश्चिमा विज्ञानले जतिजति यसका बारेमा खोज्दै गए, पूर्वीय दर्शनमा उनीहरुको झन्झन् रुची बढ्दै गएको पाइयो । विज्ञानको विकासको क्षेत्रमा पनि पश्चिमले पूर्वकै अनुशरण गरेको हो । हाम्रो शास्त्रले धेरै पहिले सारा विश्वको मुलमा आत्मा छ भनेर भनिसकेको हो । प्रारम्भिक बिन्दु नै आत्मा र चेतना भनिएको थियो, त्यसैलाई आजको विज्ञानले ‘क्वान्टम कन्ससनेस’ भनेको छ । पश्चिमाहरु अहिले आएर बल्ल पूर्विय दर्शन र चिन्तनको मर्म बुझ्न थालेका छन् । यसरी परमेश्वरलाई बुझ्यो भने मानिसले आफूलाई बुझ्छ र आफ्नो पूरा जीवन मानव कल्याणमा लगाएर मोक्ष प्राप्त गर्छ ।

*गोपाल भण्डारी नेपालपत्र डटकमका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !