७ बैशाख २०८१, शुक्रबार

हिजो बिहीबार रातिबाट यस वर्षको पहिलो उल्का वर्षा सक्रिय हुँदै


उल्का वर्षा

५ वैशाख, काठमाडौं । यो वर्षको पहिलो उल्का वर्षा (वीणा उल्का बर्षा) हिजो बिहिबार रातिबाट सक्रिय हुँदैछ । यो उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

उल्का वर्षा हिजो रातीबाट सक्रिय भएपनि यसको उत्कर्ष रूप भने वैशाख ९ र १० गते देख्न सकिनेछ । यसरी हुने उल्का वर्षा दृश्यावलोकन गर्ने गरिन्छ । सोसाइटीका अनुसार, दृश्यावलोकनका लागि भने ९ र १० गतेको राति ८ः३० बजेकाे समय उपयुक्त देखिएकाे छ ।

वैशाख १० पछि यस वर्षको पहिलो उल्का वर्षाकाे प्रभाव विस्तारै कम हुँदै जाने र १८ पछि यो पूर्णतः निष्क्रिय हुने सोसाइटीले बताएको छ । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भाई जलेर नस्ट हुदा यो उल्का बर्षा देखिने गर्दछ ।

पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेताराको कक्षको नजिक आइपुग्छ तब धुलोका कणहरु र चट्टानहरु तीब्र गतिमा पृथ्वीको वायुमण्डलमा ठोक्किएर जल्दछन् । यसैलाई खगोल विज्ञानमा उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !