१३ बैशाख २०८१, बिहिबार

दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला


दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड

काठमाडौँ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानका लागि गरिने दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन खुला गरिएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यसवर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै सन् २०१९ देखि राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड कनिष्ठतर्फको प्रतियोगिता थप गरिएको हो । वरिष्ठतर्फ भने यो प्रतियोगिता सन् २०१४ देखि नै सुरु भएको थियो । हाल वरिष्ठ र कनिष्ठ गरी दुई विधामा यो प्रतियोगिता आयोजना गरिन्छ । कनिष्ठतर्फ जनवरी १, २००८ पछि जन्मिएका कक्षा ८–१० सम्मका विद्यार्थीले भाग लिन पाउने आयोजक संस्था नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

वरिष्ठतर्फ जुलाई १, २००३ पछि जन्मिएका कक्षा ११–१२ का विद्यार्थीले भाग लिन पाउने छन् । ओलम्पियाडको पहिलो चरणअन्तर्गत छानोट परीक्षा प्रादेशिक चरणमा आयोजना गरिँदै छ । आगामी फागुन १३ गते शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा पहिलो चरणको प्रतियोगिता आयोजना गरिने भएको छ ।

इच्छुक विद्यार्थीले आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका सोसाइटीका संयोजक वा केन्द्रीय कार्यालयमा सिधैँ आवेदन फारम बुझाउन सक्ने जनाइएको छ । पहिलो चरणमा गरिएको प्रदर्शनका आधारमा दोस्रो अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइनेछ ।

दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइने सोसाइटीले जनाएको छ । तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीलाई यो वर्ष कनिष्ठतर्फकालाई ग्रीसमा र वरिष्ठतर्फका विद्यार्थीलाई पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाडमा भाग लिन सिफारिस गरिने कार्यक्रम छ ।

 दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !