११ बैशाख २०८१, मंगलबार

नवरात्रमा गरिने फूलपाती र कालरात्रिको पूजाभित्र लुकेको वैज्ञानिक पक्ष


फूलपाती र कालरात्रिको पूजा

काठमाडौं । आज नवरात्रको सातौ दिन कालरात्रि भवानीको पूजा आराधना गरिदैछ । नवरात्रको सातौं दिन आज धुमधामसँग फूलपाती भित्र्याइँदैछ । यस दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा लगायत नौ प्रकारका पल्लव दसैं घरमा भित्र्याइने गरिन्छ ।

आज टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौं प्रकारका पातको पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक-एक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ । पुराण अनुसार इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधका लागि क्रमैसँग नवरात्रको व्रत गरेका थिए ।

फूलपातीको प्रभावले घरभित्र रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु तथा जीवाणु प्रभाव हट्ने जनविश्वास छ । कालरात्रिलाई वैज्ञानिक दृष्टिले Thermal अर्थात् तापशक्ति प्रसारणको स्वरूप मानिन्छ ।

आज विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानले पनि यस दिन धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैं घरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइने गरिएको छ ।

यो पनि पढ्नुहोस्  

आज नवरात्रको सातौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

आज फूलपाती, मुलुकभरका शक्तिपीठमा पूजाआजा गरिँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !