११ बैशाख २०८१, मंगलबार

हाइड्रोजन र यसको महत्व


हाइड्रोजन

हाइड्रोजन एउटा रसायनिक तत्वहो । यो सवैभन्दा हल्का हुन्छ । ब्रह्माण्डमा सबैभन्दा प्रचुर मात्रामा पाइन्छ । ताराहरू तथा सूर्यको अधिकांश द्रव्यमान हाइड्रोजनले बनाएको छ । यसको एउटा परमाणुमा एउटा प्राणु (प्रोटॉन), एउटा विद्युत हुन्छ । यस प्रकार यो सबैभन्दा सरल परमाणु पनि हो ।

विकसित देशहरूले यसको प्रयोग वाहनहरूका इन्धनका रूपमा प्रयोग गर्नका लागि शोध कार्य गरिरहेको छन् । यो पानीको साहेताबाट बनाउन सकिन्छ । हाम्रो देशमा जल सम्पदा विश्वको नजरमा दोस्रो गनिएको पाइन्छ ।

यदि हामीले नेपालमा पानीबाट यो इन्धन उत्पादन गर्न सक्छौ भने मलाई लाग्छ विश्वले यो इन्धन नेपालबाटै खरिद गर्नेछन् यसमा दुईमत छैन । यही देखेर विश्वका सम्पन्नशाली राष्ट्र नेपालको पछि लागि रहेको देखिन्छन् ।

यदि हामीले जलबाट हाइड्रोजन उत्पादन गर्न सक्छौ भने विश्वको सवैभन्दा धनी राष्ट्रको रूपमा नेपाललाई देखाउन सक्ने छौं । हामीलाई प्रकृतिले अपार सम्पदा दिएको छ तर पनि हाम्रो ध्यान यसतर्फ जान सकि रहेको छैन । परिवर्तन हामीले यसरी गर्न सक्छौं ।

हामीमा कमजोर सोचका कारण पछि पर्दैछौं । यदि हामीले यसरि जल सम्पदालाई प्रयोगमा ल्याउन नेपाली युवा वैज्ञानिकलाई यस दिसामा लगाउन सक्छौं भने ३ करोड नेपालीको घरघरमा कार होइन हेलिकप्टर हुनेछ ।

राजनीतिक खिचातानीले आज नेपाल धेरै पछाडि परेको छ । हामीले हात थाप्ने होइन हात थपाउने काममा जुट्नुपर्ने समय आएको छ । नेपालमा सवै हुँदाहुँदै कहिले एमसीसी पास गर्ने कहिले नेपालका खोलानालाको सम्झौता गर्ने जस्ता गलत काम गर्दैछौं ।

शीघ्र यस्ता काम रोकेर हामीले जल, जडिबुटी र खानीतर्फ ध्यान दिन सके परिवर्तन टाढा छैन । अबको समय भनेको युवाको हो । हामीले युवालाई परिचालन गरेर देशलाई विश्वको शक्तिशाली राष्ट्रको रूपमा ल्याउन थाल्नु पर्छ । तब मात्र हरेक नेपालीको सपना साकार हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !