७ बैशाख २०८१, शुक्रबार

सुर्य, चन्द्रमा र ग्रहको बारेमा चर्चा गर्नुहोस ?


सुर्य, चन्द्रमा र ग्रह

सूर्य (Sun) : सूर्य पृथ्वीबाट सबैभन्दा नजिकको तारा हो । यसलाई नेपालीमा घाम वा सुर्जे पनि भनिन्छ । पृथ्वी लगायत अन्य ग्रहहरु, उपग्रहहरु तथा उल्का पिण्डहरूले सुर्यको परिक्रमा  गर्दछन् । यो पृथ्वीबाट करिब १,४९५,९७८७०७  कि. मी. टाढा रहेका छ । पृथ्वीमा ऊर्जाको प्रमुख स्रोत नै सूर्य हो । यो पृथ्वीभन्दा १०९ गुणा ठूलो छ भने वजनमा ३  लाख ३० हजार गुणा बढी गर्हौ छ । यसको बाह्य सतहको तापक्रम ५५४० डिग्री सेन्ट्रीग्रेड छ भने केन्द्रमा १,५०,००,००० डिग्री सेन्ट्रीग्रेड भएको अनुमान गरिएको छ । उच्च तापक्रमका कारणले विशाल हाइड्रोजन बम जस्तै रहेको सूर्य निरन्तर रुपमा बिस्फोट हुँदै उर्जा र प्रकाश उत्सर्जन गर्दछ ।

सूर्यको प्रकाश पृथ्वीमा ८  मिनेट २०  सेकेण्डमा आइपुग्दछ । प्रकाशको गति ३× १०८  मीटर प्रतिसेकेन्ड रहेको छ । सूर्यलाई पृथ्वीबाट हेर्दा शान्त र स्थिर देखिएता पनि अत्यधिक बढी ग्याँसको उपस्थितिका कारणले विशाल आँधी उठिरहेको हुन्छन् । यी ग्याँसका मुस्लाहरु ४  लाख किलोमीटर माथि उठ्छन् । त्यहाँ केही विशाल काला धब्बाहरु पनि छन् । सूर्य आफ्नो मिल्की अवे तारापुंजमा २७५ किलोमीटर प्रतिसेकेन्डको गतिमा घुमिरहेको हुन्छ । पृथ्वीमा भएका सम्पूर्ण जीवन सुर्य कै कारणले सम्भव भएको हो ।

वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ । नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ । सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो । रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो ।

चन्द्रमा (Moon)

व्यास ३४७५ किलोमीटर रहेको चन्द्रमा पृथ्वीको प्राकृतिक भू-उपग्रह हो । यो पृथ्वीबाट करिब ३,८४,४०० किलोमीटर टाढा छ । यसलाई पृथ्वीको परिक्रमा गर्न २७ दिन ७ घण्टा ४३ मिनेट ११ सेकेण्ड लाग्छ । पृथ्वीले आफ्नो कक्षमा परिक्रमा गर्दा पृथ्वीबाट हेर्दा चन्द्रमाको सतहमा सूर्यको प्रकाशको मात्रा प्रत्येक दिन विभिन्न परिणाममा देखिन्छन् । यो चक्र सदा चलिरहन्छ । जसबाट हेर्दा चन्द्रपक्ष (Phase of the Moon) को सृजना हुन्छ ।

पृथ्वीबाट चन्द्रमाको सतहमा उज्यालो उज्यालो भाग बढ्दै जाने क्रमलाई शुक्लपक्ष र अँध्यारो भाग बढ्दै जाने क्रमलाई कृष्ण पक्ष भनिन्छ । यहाँ पानी र वायुमण्डल नभएकाले जीवन असम्भव भएको छ । यहाँको तापक्रम -१८३डिग्री सेन्ट्रीग्रेडदेखि १०६ डिग्री सेन्ट्रीग्रेडसम्म हुन्छ । चन्द्रमा पृथ्वीबाट सबभन्दा नजिक भएपनि अन्तरिक्ष यानलाई त्यहाँ पुग्न ३।४  दिन लाग्छ । पृथ्वीबाट चन्द्रमासम्म पुसग्ने डोरी बनाउने हो भने त्यसले पृथ्वीलाई १० फन्का मार्न पुग्छ । अर्थात् १० पटक पृथ्वी घुम्दा लाग्ने दूरीको बराबरमा चन्द्रमा छ ।

ग्रह (Planet)

सूर्यको वरिपरी परिक्रमा गर्ने खगोलिय पिण्डहरूलाई ग्रह (Planet) भनिन्छ । सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरुलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो । यसपछी सौर्यमण्डलमा ग्रहहरुको सङ्ख्या आठ पुगेको छ । सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह बृहस्पति ग्रह,सबैभन्दा सानो ग्रह बुध ग्रह, सबैभन्दा चम्किलो ग्रह शुक्र ग्रह र सबैभन्दा टाढाको ग्रह बरुण ग्रह हो ।

अन्तराष्ट्रिय खगोल संघको परिभाषा अनुसार हाम्रो सौर्यमण्डलमा आठ ग्रहहरू छन – बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण बरुण र यम ।  ज्योतिषहरूको अनुसार ग्रहको परिभाषा अलि भिन्दै छ । हाम्रो देशको ज्योतिष र पौराणिक कथाहरूमा ९ वटा सौर्य पिण्डलाई नौ ग्रह (नव ग्रह)मानिन्छ । जस्तै : सूर्य, चन्द्रमा, बुध, शुक्र, मंगल, गुरू, शनि, राहु र केतु । लाक्षणिक अर्थका आधारमा चन्द्रमा, बुध, गुरू एंव शुक्रलाई शुभ ग्रहको रुपमा हेरिन्छ भने सूर्य, मंगल, शनि, राहु तथा केतुलाई अशुभ ग्रहको रुपमा मानिन्छ ।

यो पनि पढ्नुहोस्

अन्तरिक्ष (Space) भनेको के हो ?

के हो उल्का वर्षा ? यो कसरी देखिन्छ ?

खगोल बिज्ञान र नेपालमा यसको अवस्था

पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !