६ बैशाख २०८१, बिहिबार

संसारको अन्त्यको वारेमा प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङग्सको यस्तो थियो धारणा


स्टेफन हकिङ्ग

संसारको अन्त्यको वारेमा प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङग्सको यस्तो थियो धारणा । विश्व प्रसिद्ध खगोलशास्त्री, वैज्ञानिक तथा लेखक स्टेफन हकिङ्गले मानिस विज्ञान र प्रविधि क्षेत्रको प्रगतिबाट उत्पन्न खतरालाई सामना गर्न आउँदो १०० वर्षमा निकै सावधान हुनुपर्ने बताएका छन । उनले विश्व स्वभाविक रुपले समाप्त हुनेछ वा मानिसद्वारा नष्ट गरिनेछ भन्ने प्रश्नको जवाफमा रेडियो टाइम्ससंग एक साक्षात्कारमा टिप्पणी गरेका थिए।

उनी भन्छन, परमाणु युद्ध, ग्लोबल वार्मिङ र जेनेटिक्ल्ली इन्जिनियर्ड भाइरस लगायत पृथ्वीको विनाशको कारण बन्नेछ । तर यी कारणले ठुलो क्षति र विनाश गर्न १,००० देखि १०,००० वर्ष लाग्नेछ । त्यो समयसम्म मानिस अन्तरिक्षमा पुगीसक्ने उनी विश्वास गर्छन्। हामी इन्टरस्टेलर हुन १०० वर्षमात्र पछाडी छौँ, अर्थात पृथ्वी बाहिर अन्तरिक्षमा बसोबास गर्नसक्ने प्रविधिको लागि अब १०० वर्ष काफि हुने उनी अनुमान लगाउँछन्।

‘हामीले सामना गर्ने अधिकांस खतरा विज्ञानले आजसम्म गरेको विकास र प्रगतिबाटै आएको छ। हामी विकास गर्न छोड्दैनौ, न त यसलाइ उल्ट्याउँछौ। उनी भन्छन्, खतरा चिनेर त्यसलाई नियन्त्रणतर्फ लाग्नुपर्छ’, म आशावादी छु, हामीले गर्न सक्छौ ।

यो पनि पढ्नुहोस्

पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !