९ आश्विन २०७७, शुक्रबार १७:०१

बहुप्राविधिक शिक्षालयका लागि डिपिआर तयार



विज्ञान तथा प्रविधि

रुकुमपूर्व, ९ असोज । भूमे गाउँपालिका –१ लुकुमस्थित सिद्धचौर माध्यमिक विद्यालयमा बन्न लागेको बहुप्राविधिक शिक्षालयको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । जिल्लामा बन्न लागेको प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालयको डिपिआर तयार भएको हो । प्राविधिक शिक्षालयको डिपिआरसँगै माटो जाँचको काम पनि सम्पन्न भएको छ ।

प्रदेश सरकारले डिपिआरका लागि रु दश लाख बजेट छुट्याएको थियो । डिपिआरको काम सम्पन्न भएसँगै बोलपत्र आह्वान गरेर शिक्षालय निर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताउनुभयो । काम शुरु गर्नका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्याएको छ ।

शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । रुकुम(पूर्व), रुकुम(पश्चिम), रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई ध्यानमा राखेर लुकुममा उक्त शिक्षालय स्थापना गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

के हो उल्का वर्षा ? यो कसरी देखिन्छ ? कहिलेकाहिँ राति आकाशमा तारा खरेको त हामीले देखेकै छौ । पृथ्वीले सूर्यलाई

काठमाडौँ, कार्तिक ४। हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने भएको छ । यो पुछ्रेताराका कारण

काठमाडौँ, २२ असोज । सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ

काठमाडौँ, १७ असोज । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो