, आज आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि

आज आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि

आज आठौं राष्ट्रिय विज्ञान दिवसको प्रमुख अतिथि प्रधानमन्त्री, तर प्रधानमन्त्री नियुक्त गरेनन् आफ्नो बिज्ञान सल्लाहकार

काठमाडौं, असोज १ । आज असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँने भएको छ । ‘स्वस्थ र गुणस्तरिय जीवनका लागि विज्ञान’ भन्ने मूल नाराका साथ भोलि आठौं राष्ट्रिय विज्ञान दिवस मनाइने भएको हो ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण विज्ञान दिवसका कार्यक्रम भर्चुअल विधिबाटै मनाइँदैछ । भर्चुअल रुपमा जुम मार्फत आयोजना हुने आठौं विज्ञान दिवसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेका छन् । बिहान ८ः४५ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

यो सप्ताहब्यापी कार्यक्रम भएकाले यसअघि देखि नै विज्ञान दिवसका कार्यक्रमहरु सुरु भइसकेका छन् । नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तय गरेको थियो ।

विसं २०७० देखि हरेक वर्ष असोज १ गते फरक-फरक नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ । विज्ञान तथा प्रविधि क्षेत्रका व्यक्ति र संस्थाहरूलाई सशक्त रूपमा परिचालन गर्न, जनचेतनाको काम गर्न र नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्न यो दिवस मनाउने गरिएको हाे ।

विज्ञान प्रविधि क्षेत्रका सरोकार निकायहरु, प्रदेश तथा स्थानीय तह, विद्यालय, विश्वविद्यालय लगायतको सहकार्यमा साताव्यापी कार्यक्रम सञ्चालन भइ सकेको छ । साताव्यापी कार्यक्रममा विज्ञान हाजिरीजवाफ, निबन्ध प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, वेबिनार, कला र आविष्कारकाे प्रदर्शनी, युवा वैज्ञानिक छलफल लगायत भइसकेको छ ।

दिवसमा विज्ञान तथा प्रविधि क्षेत्रका विभिन्न नीति र कार्यक्रमको समिक्षा हुनेछ । विभिन्न प्रदेशमा शिक्षामा विज्ञानको भूमिका बढाउने उद्देश्यले सेमिनार, निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, वक्तृत्वकला लगायत भइ सकेको छ ।

कोरोना भाइरसको महामारीका कारण आज आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइने भएको छ । आजको प्रमुख अतिथि प्रधानमन्त्री रहेका छन् । प्रधानमन्त्री ओलीको नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने रहेको छ । तर कुनै पनि देश समृद्ध हुन् बिज्ञान तथा प्रविधिको विकासले मात्र सम्भव छ तर प्रधानमन्त्री ओली स्वयम् आफ्नो बिज्ञान सल्लाहकारसमेत नियुक्त गरेका छैनन् ।