६ बैशाख २०८१, बिहिबार

साइन्स कसले पढ्ने?


science education

साइन्स भन्ने बित्तिकै सबैको मनमा एकदमै गार्हो विषय हो भन्ने लाग्छ। आमा बुवाको इच्छा छोराछोरीलाई साइन्स पढाउने हुन्छ, विशेष गरी स्कुल लेभल पार गरेपछि। राम्रो कलेज खोज्न उनीहरु भौँतारिरहेका हुन्छन्। थोरै प्रतिशत (ग्रेडिङ) आयो भने साइन्स पढ्न सक्दैन भन्ने उनीहरुको बुझाइ हुन्छ र आयो भने साइन्स पढ्नै पर्छ भन्ने हुन्छ। तर यी कुराहरु भ्रम मात्र हुन्। साइन्स पढ्नलाई प्रतिशतले कुनै भूमिका खेल्दैन। स्कुलको साइन्सले कलेजमा खासै प्रभाव पार्दैन न कि प्रतिशतले। साइन्स जसले पनि पढ्न सक्छ तर यी तरिकाहरु अपनाइयो भने मात्र: जुन यस प्रकार छन्।
१. पहिलो कुरा विधार्थीमा साइन्स पढ्ने इच्छा हुनुपर्दछ, कसैको करकापमा हैन।
२. विद्यार्थी मेहेनती, इमान्दार एवं अनुशासित हुनुको साथै शिक्षकलाई आदर गर्न जान्ने हुनुपर्छ।
३. साइन्स पढ्न धेरै मेहेनत गर्नुपर्ने भएकाले समयको अभाव सँधै भैरहन्छ। तसर्थ धेरै समय पढाइकै लागि दिन सक्छु भन्ने सोच हुनुपर्छ।
४. शिक्षकले सबै कुरा पढाउन नसक्ने हुनाले सेल्फ अध्ययन गरी आँफैले खोजेर पढ्ने बानी हुनुपर्छ।
५. बुक पढ्ने बानी हुनुपर्छ। शिक्षकले पढाएको कुरा बुकसँग तुलना गरी आफ्नो तरिकाले बुझ्नुपर्छ।
६. शिक्षकसँग अन्तरक्रिया गर्ने बानी हुनुपर्छ न कि डराएर पछि हट्ने हुनुहुँदैन।
७. परीक्षा आँउदा मात्र पढ्ने बानी छ भने त्यो हटाइ हाल्नुपर्छ। कलेज शुरु भएको दिनदेखि नै भोलि परीक्षा छ भन्ने कुरा सोची पढ्नुपर्छ।
८. पढ्ने भन्दा लेख्ने बानी बसाल्नुपर्छ।
९. शिक्षकले कुनै दिन पढाएको कुरा त्यही दिन बुझिसक्नु पर्छ, भोलि बुझ्छु भनेर राख्नुहुँदैन।
१०. जतिसक्दो बिदाका दिनहरुलाई सदुपयोग गर्नुपर्छ।
११. कलेज भरसक निरन्तर हुनुपर्छ।
१२. कलेज हाइफाइ भन्दा पनि वातावरण राम्रो भएको हुनुपर्दछ।

यसको साथै अभिभावकले पनि आफ्नो बच्चाको निरन्तर ख्याल गर्नुपर्छ अनि उसलाई धेरै सुविधा दिनुपनि हुँदैन र केही कुराहरुको अभाव महशुस गराउनुपर्छ। त्यसपछि बेलाबेलामा शिक्षक तथा कलेज संचालकहरुसँग अन्तरक्रिया गरिराख्नुपर्छ।
जसले यी माथिका कुराहरुलाई अक्षरस: पालना गर्छ, उसले मात्र साइन्स पढ्न सक्छ।।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !