८ बैशाख २०८१, शनिबार

बैज्ञानिक परिक्षणमा किन मुसानै प्रयोग गरिएको होला ?


scientist and mouse

बैज्ञानिकहरुले पुरानो अनि नयाँ रोगमा प्रयोग गरिने औषधिको अणुको बिकास गरिसकेपछी उक्त औषधीको प्रयोग सिधै मानिसमा प्रयोग नगरि मुसामा प्रयोग गरिने तथ्य यहाँहरुमाझ नौलो होइन । अन्य धेरै जनावरहरु उपलब्ध भए पनि किन मुसालाईनै परिक्षणमा प्रयोग गरिएको होला भन्ने जिज्ञासा मनमा आउन सक्छ ।

मुसा यस्तो जनावर हो जुन स्ंसारको सबै देशमा पाइन्छ र यो जनावर मानिस जस्तै तातो रगत भएको स्तन्धारी जनावर हो र सजिलै उपलब्ध हुन सक्छ । मुसा सालको १२ महिनै सकृय हुन्छ र यसको प्रजनन क्षमता पनि अदभुदकै हुन्छ । पोथी मुसाले एक चोटी बच्चा जन्मएको २१ दिन पछी फेरी अरु बच्चा जन्माइ हाल्छ । यसको यो गुणले गर्दा थोरै समयमा धेरै मुसा प्राप्त गर्न सकिन्छ । यसलाइ प्रयोगसालामा पालेर राख्न सजिलै सकिन्छ र यो कम खर्चिलो पनि हुन्छ । औषधीको असर मुसामा जस्तो देखिन्छ प्राय मानिसमा पनि उस्तै देखिने हुन्छ । यसबाट उपयोगी औषधी र रसायन पहिचान गर्न सजिलो हुन्छ ।

त्यस्तै मुसामा सजिलै र थोरै समय भित्र प्रजनन गरी उस्तै र हाइब्रीड प्रकारका विभिन्न बंशहरुको भाले र पोथीमा क्यान्सर कोष, नयाँ जिन  र रसायनको प्रयोगको नतिजा अध्ययन गर्न सकिन्छ । यिनै कारणहरुले गर्दा बैज्ञानिक परिक्षणमा मुसानै प्रयोग गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !