११ बैशाख २०८१, मंगलबार

कसरी पत्ता लगाइयो त महिलाले खाने गर्भनिरोधक औषधि ?


progesterone-3d-balls
Ram-Thakuri
राम ठकुरी

महिलाहरुले खाने गर्भ निरोधक पिल्सको विकास कसरी भयो भन्ने प्रसङ्गमा प्रवेश गर्नुअघि एक पटक गर्भ रहिसकेपछिको यौन सम्पर्कले किन अर्को भ्रुण बन्दैन भनि जान्नु आवश्यक हुन्छ।

जब महिलामा गर्भ रहन्छ अथवा भ्रुणको विकास हुन्छ, त्यसपछि पुरुषले कन्डम प्रयोग नगरिकन उक्त महिलासँग यौन सम्पर्क राख्दा पनि हुन्छ। जुन महिला गर्भवती भएकी हुन्छिन्, ती महिलाको पाठेघरभित्र बच्चा नजन्मेसम्म किन अर्को भ्रुण विकास नहुने हो त भन्ने तथ्य पत्ता लगाउनको लागि रसायनविद्हरुले गर्भवती महिलाहरुको पिसाब जाँच गर्दा इस्ट्रोजिन (estrogen) र प्रोजेस्टिन(progestin) नामक दुई प्रकारका हर्मोन भेटे र उक्त हर्मोनको कारणले अर्को भ्रुण नबन्ने कुरा पत्ता लगाए।

इस्ट्रोजिन र प्रोजेस्टिन हर्मोन प्राकृतिक रुपमा गर्भवती महिलाको पाठेघरभित्र उत्पादन हुन्छ। एक पटक बच्चाको भ्रुण बनिसकेपछि त्यो बच्चा पुर्ण रुपमा विकसित भई करिब नौ महिनापछि जन्म नलिएसम्म पाठेघरमा अर्को भ्रुण उत्पादन नहुनु भनेको स्वभाविक हुने नै भयो। त्यसैले प्राकृतिक रुपमा नै गर्भवती महिलाको पाठेघरमा यी दुई हर्मोन उत्पादन हुन्छन्, जसले अर्को अण्ड उत्पादन हुन दिँदैन र पति पत्नीबिच यौन सम्पर्क भए पनि शुक्रकिट र अण्डबीच मिलन नहुने हुँदा अर्को भ्रुण नबन्ने हो।

तर यी दुई हर्मोन गर्भवती नभएको सामान्य महिलाको पाठेघरमा भने उत्पादन हुँदैन। वैज्ञानिक (रसायनविद्) हरुले उक्त हर्मोन (जुन गर्भवती महिलाको पाठेघरमा उत्पादन हुन्छ) को रसायनिक संरचना र सुत्र पत्ता लगाई त्यसलाई कृत्तिम रुपमा प्रयोगसालामा निर्माण गरे ताकि त्यसलाई गर्भनिरोधक औषधी (contraceptive) को रुपमा महिलाहरुले प्रयोग गर्न सकुन्। आजभोलि महिलाहरुले प्रयोग गर्ने गर्भ निरोधक पिल्स, चक्की र इन्जेक्सनमा कृत्तिम रुपमा बनाइएको हर्मोन, इस्ट्रोजिन र प्रोजेस्टिनहरु हुन्छ्न्, जसले महिलामा हुने प्रजनन कोष अण्ड र शुक्रकिटबिच मिलन हुन दिदैन र गर्भ रहँदैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !