११ बैशाख २०८१, मंगलबार

यसरी पत्ता लगाउछ कमिलाले आफ्नो गन्तब्य


ants line

हामी रहेको ग्रह पृथ्वीमा लाखौ प्रकारका जिव र बनस्पती हरुको घर हो । ति लाखौ जिव र बनस्पती हरुमा सहज तरिकाले बाँच्न सक्ने किसिमको गुण हरुको बिकास प्रकृतीले  गरिदिएको हामी पाउद्छौ, जिवित बस्तुमा रहने उक्त गुणलाई हामी अनुकु लताको लक्ष्यण भन्द्छौं ।

यहाँ कमिलामा भएको बिसेश खालको गुणको बयान गर्न खोजिएको हो । हामिले कयौ पट्क चिनी या अन्य गुलियो पदार्थ र त्यसै गरी मरेको साना जिवको नजिक अचानक एउटा कमिला आएपुगेमा केहि बेर पछी धेरै सन्ख्यामा अरु कमिलाहरु पनि जम्मा भएको देखेका छौ । त्यसै गरी कमिलाको ताँती आफ्नो गुँड्तर्फ जाने क्रममा ताँती सकिसके पछी पनि अर्को ताँती वा एक्लो कमिला  केहि बेर पछी पहिलेको कमिलाको ताँती छिरेको गुँडमानै प्रबेश गरेको हामिले देखेका छौ ।  कमिलामा भएको एक प्रकारको बिशेस गुणले गर्दानै यो सम्भव हुन गएको हो ।

जव कमिलाले खाना भेट्छ तव त्यसले एक प्रकारको फेरोमोन् ( pheromone) नामक रसायन (chemical)छोड्द्छ ।कमिलाको शरिर मा जताततै उक्त रसायन उत्पादन गर्ने ग्रन्थी रहेको हुन्छ । अन्य कमिलाले पर बाटै उक्त रसायन उत्पादन भएको ठाउ पहिचान गरी खानेकुरा भएको ठाउतर्फ बाटो तताउदछन ।

तेस्तै कमिलाको ताँती आफ्नो गुड्तर्फ प्रबेश गर्ने क्रममा पहिला हिड्दै गरेका कमिलाहरुले उक्त   फेरोमोन् भुइमा छोड्दछ र पछी ढिलो गरी आउने कमिलाहरुले आफ्नो टाउकोमा भएको दुइवोटा अत्यन्तै सम्बेदनशिल  सुइरो एन्टेना (antennae) को माध्यम बाट पहिलेको कमिलाले छोडेको फेरोमोन् नामक रसायन पत्ता लागाउदै आफ्नो सही बाटो तर्फ लम्कदै  एकै ठाउमा जम्मा हुन सफल हुन्छ्न । तेसै गरी कमिलाले खताराको सुच ना दिनको लागी समेत छुट्टै प्रकारको फेरोमोन् उत्पादन गरी पछील्लो कमिलाहरुलाइ अघी नबढने सुचना दिने गर्दछन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !