४ बैशाख २०८१, मंगलबार

के आगोले पनि आगो निभाउन सक्छ ?


आगोले आगो निभाउन

हामी सबैलाई थाहा भएको कुरा के हो भने पानीले आगो निभाउछ । तर आगोले पनि आगो निभाउन सक्छ भने बिषयमा अवगत नहुन सक्छ । सुन्दा अचम्म लागे पनि यो त्यतिकै सत्य हो जति फलामले फलाम काट्छ भन्ने झैँ आगो बालेर आगो निभाउने काम पनि निश्चित समयमा दक्ष व्यक्तिले मात्र गर्न सक्दछन् । उपयुक्त समयका यकिन अनुमान गर्न नसक्ने अनुभवहीन व्यक्तिले यसो गरेमा आगो झन विकराल भै नराम्रो परिणाम आउँछ । दमकलले आगलागी भएको वेला पानीका फोहराले आगो निभाउने गरिन्छ । आगलागी भएमा नियन्त्रण गर्नका लागि सहज रूपमा प्रयोग गरिने पदार्थ पानी नै हो ।

पानीले आगोलाई दुई किसिमले नियन्त्रण गर्दछ । आगोमा पानी फाल्दा पानी तातेर वाष्प बन्दछ । यस क्रममा पानीले प्रचुर मात्रामा ताप शोषण गर्दछ । यसले घटनास्थलको तापक्रम घटाई आगोलाई फैलनबाट रोक्छ । साथै तापक्रममा आएको कमीले आगलागी नियन्त्रणको मानवीय गतिविधिलाई सघाउ पुयाउँदछ । अर्को पानी परिणत भई बनेको वाष्पले तुलनात्मक रूपमा निकै बढी आयत ओगट्छ । यसरी जलवाष्पले आगो र हावाको सम्बन्ध बिच्छेद गर्दछ र आगो निभ्दछ ।

वन जङ्गल वा घाँसे मैदानमा लागेका आगो नियन्त्रण गर्ने उपयुक्त उपाय, कहिले काही एक मात्र उपाय, अर्को छेउबाट आगो लगाउनु नै हुन्छ । तर अर्को छेउबाट आगो लगाउनु अघि डढेलो यस छेउको पर्याप्त नजिक आइनपुग्ने सम्म कुर्नुपर्छ । कति बेर कुर्नु पर्छ ? हामीलाई थाहा छ डढेलो लागेपछि चारैतर्फबाट ताजा हावा डढेलो तर्फ बग्दछ । हावाको यो प्रवाह आफूले आनगघानो ठाउँमा महशुश नगरेसम्म कुर्नुपर्छ । यस कुराइको समयमा आगो आनगघानो घेउभन्दा वा फैलन नपाओस् भनी भयाएसम्म खर झाडी काटी मैदान सफा बनाउनु पर्दछ । त्यसपछि हावाको प्रवाह आफूले महशुशु गर्नासाथ यस छेउबाट आगो लगाइदिनुपर्छ यसरी लगाएको आगो डढेलोतर्फ बढ्दै जान्छ । दुवै आगो जम्काभेट हुनासाथ निभ्दछन् ।

यो पनि पढ्नुहोस्  

शरीरमा मट्टितेल छर्केर आगो लगाई आत्महत्या


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !