११ बैशाख २०८१, मंगलबार

के हो बर्मुडा ट्रायगंल (Bermuda Triangle) ?


बर्मुडा ट्रायगंल
Gopal Bhandari
गोपाल भण्डारी

के हो बर्मुडा ट्रायगंल भन्ने बारेमा चचा गरौ । आन्ध्र महासागरको पश्चिमी हिस्सामा अवस्थित एक खतरनाक इलाका  जसमा पानीको चम्किला धार, प्रकाश र फिज देखिने आन्ध्र महासागरको यही भागलाई बर्मुडा ट्रायगंल भनिन्छ । यस समुन्द्री भागलाई रहस्यमय त्रिकोण, शैतान सागर, आन्ध्र महासागरको नर्क जस्ता नराम्रा नामले यो ठाउँ चिनिएको छ । यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआन बीच रहेको छ । यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ । यसै इलाकालाई बर्मुडा ट्रायगंल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर र यसको गहिराई १८०० फिट रहेको मान्यता छ ।

पछिल्ला १०० वर्षमा यसमा ७५ वटा ठूला जहाज र १०० भन्दा बढी साना पानीजहाज पसेर बिलाइसकेका छन् । यस क्रममा १००० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।  यसको  रहस्य अझै पनि रहस्यको गर्भभित्रै छ र के भनिन्छ भने बर्मुडा ट्रायंगलमा कैयौँ एयरक्राफ्ट र जहाजहरू अत्यन्त रहस्यमय ढंगले परिस्थितिवश गायब भएका छन् । हुनत अमेरिकी नौसेनाले बर्मुडा ट्रायंगल जस्तो कुनै टापु छैन भनेपनि असाधारण तरिकाबाट यहाँ यस्ता किसिमका घटनाहरू पटक-पटक दोहोरिरहेका छन् । यसबाट यसको अस्तित्व छैन भन्ने आधार कमजोर हुन आउँछ । त्यसो त समय-समयमा बर्मुडा ट्रायंगलको रहस्योद्घाटन गरिएका कतिपय दाबीहरू पनि बाहिर आएका होइनन् ।

तर अझै पनि यसको पछाडिको वास्तविकता खुल्न आएका छैन अर्थात् यो यही हो र यसै हो भन्ने खास आधार छैन । कतिपयका भनाइमा बर्मुडा ट्रायंगलभित्र एउटा बाहिरबाट नदेखिने  पिरामिड छ, जसले चुम्बकले झैँ  हरेक वस्तुलार्इ आफूतिर तान्दछ । लगातार जहाजहरू गायब हुन थालेपछि लगभग ५०० वर्षपछि यसलार्इ डेन्जर रिजनको नाम दिइएको हो । यसका बारेमा के पनि भनिन्छ भने सन् १४९२ मा अमेरिकाको यात्राका क्रममा क्रिस्टोफर कोलम्बसले पनि यस क्षेत्रमा केही चम्केको अनुभूति गरेका थिए । जसको कारणले कोलम्बसको म्याग्नेटिक कम्पास बिग्रेको थियो । यसका अलावा अरू पनि कतिपय यस्ता घटनाहरू भए जसका बारेमा अझैसम्म पनि सारा दुनियाँ अनभिज्ञ छ ।

यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ । बर्मुडा ट्रायगंलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्रायगंलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो । भर्खरै, कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्‍यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ ।  समाचार अनुसार र्‍यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटर) प्रतिघण्टाको गतिको हावा रहेको हुन्छ ।

यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्‍याउँछन् । वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्रायगंलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

उर्जा (Energy) र यसको महत्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !