१३ बैशाख २०८१, बिहिबार

उत्तर शिरान गरेर सुत्नु नहुने वैज्ञानिक आधार के हो ?


सुत्नु

हामीले प्राय: सुन्दै आएको र सकेसम्म हामीले मान्दै आएको एउटा मान्यता के हो भने उत्तरतर्फ शिरानी गरेर सुत्नु हुँदैन । हाम्रो शास्त्रहरुले उत्तर शिरानी गरेर सुत्न वर्जित गरेको छ र लामो समयसम्म उत्तरतर्फ टाउको गरेर सुतेमा स्वास्थमा प्रतिकूल असर पर्ने मात्रै नभई मानसिक सन्तुलनमा समेत प्रभाव पार्ने बताएको छ । यस कुरालाई कत्तिले मान्छन् त कत्तिले ‘अन्धविश्वास’ भनेर मतलब गर्दैनन् पनि ।

Magnetic waves

यस कुरालाई वैज्ञानिक आधारमा हेर्दा, हामी सबैलाई थाहा भएको कुरा हो हाम्रो पृथ्वी पनि एउटा विशाल र शक्तिशाली चुम्बक हो अनि जसरी पृथ्वीको दुई ध्रुवमा चुम्बकीय नेगेटिभ र पोजेटीभ शक्ति रहेका हुन्छन् त्यसैगरी मानव शरीरमा पनि एक प्रकारको चुम्बकीय तंरग रहेको हुन्छ भन्ने कुरा धेरै अघि नै प्रमाणित भैसकेको छ ।
Magnetic wave in Man
चुम्बकको बारेमा हामी सबैलाई थाहा भएको मुख्य नियम के हो भने विपरीत ध्रुव एक-आपसमा देखिने गरी चुम्बक राखेमा यसमा आकर्षण र समान ध्रुवमा विकर्षण पैदा हुन्छ । मानव शरीरको चुम्बकीय तंरगको कुरा गर्ने हो भने मानव मस्तिष्क वा शिरपट्टी उत्तरी ध्रुव र पैताला तर्फ दक्षिणी ध्रुव रहेको हुन्छ । यस अवस्थामा मानिस यदि उत्तरतर्फ सिरानी गरी सुतेमा दुवै समान ध्रुवमा विकर्षण पैदा हुन्छ । पृथ्वीको विशाल शक्तिशाली चुम्बकीय शक्तिको अगाडि मानव शरीरको चुम्बकीय तरङ्ग अत्यन्तै कमजोर वा शक्तिहीन हुन्छ । त्यसै कारण यी दुई समान ध्रुवलाई एक-अर्काको आमने-सामने हुने गरी धेरै समय राखेमा स्मरण शक्ति कमजोर हुने देखि लिएर मानव शरीरको आन्तरिक संरचनामै प्रतिकूल प्रभाव परेर बिस्तारै शरीर कमजोर र क्षीण हुँदै जान्छ ।

यो पनि पढ्नुहोस् 

शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !